National life

कुलमान घिसिङको निर्णय : प्राधिकरणको सबै गाडीमा जीपीएस जडान गरिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|११ असार २०८०, सोमबार
783Shares
कुलमान घिसिङको निर्णय : प्राधिकरणको सबै गाडीमा जीपीएस जडान गरिने
ncell

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्ना सबै सवारी साधनहरुमा गुगल पोसिस्टनिङ सिस्टम (जीपीएस) जडान गर्ने भएको छ । यस प्रणालीले सवारी साधन कहाँ कुन अवस्थामा छ सजिलै गुगल ट्याकिङमार्फत थाहा गर्न सकिन्छ ।

प्राधिकरणले आफ्नाे स्वामित्वमा रहेका सबै चार पांग्रे सवारी साधनमा जीपीएस प्रणाली जडान गर्ने भएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको निर्देशनालय, विभाग, महाशाखा, शाखालगायत सबै कार्यालयका सवारी साधनको नियमन तथा व्यवस्थापनका लागि जिपिएस प्रणाली जडान गर्ने निर्णय गरेका हुन् ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

'गाडी कहाँ गुडिरहेको छ? जानु पर्ने ठाउँ पुगेको छ वा छैन लगायत जानकारीका लागि सवारीमा जीपीएस प्रणाली जडान गर्न लागिएको हो' प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए ।
यसको प्रमुख उद्देश्य गाडी गलत ठाउँमा नजाओस् भन्ने नै रहेको उनले बताए ।

यो समाचार शेयर गर्नुहोस्
783SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?