National life

गोडरेजले ल्यायाे नेपाली बजारमा नयाँ इन्भरटर एअर कन्डिसनर

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१८ असार २०८०, सोमबार
613Shares
गोडरेजले ल्यायाे नेपाली बजारमा नयाँ इन्भरटर एअर कन्डिसनर
ncell

काठमाडाैं । ६५ वर्षको लामो इतिहास बोकेको इन्डियाको नम्बर १ रेफ्रिजिरेटर ब्रान्ड गोडरेजले नयाँ इन्भरटर एअर कन्डिसनर (एसी) नेपाली बजारमा सार्वजनिक गरेको छ।

गोडरेज इन्भर्टर एसी सबै मौसमका लागि उपयोगी हुने कम्पनीले जनाएको छ। गोडरेज इन्भर्टर एसीमा एन्टी भाइरल फिल्टरका साथै एन्टी डस्ट फिल्टर र एक्टिभ कर्बोन फिल्टर रहेको हुनाले यस एसीले अनावश्यक प्रदूषण र कीटाणुहरु ९९.९% सम्म नष्ट गरी वातावरणलाई स्वस्थ्य पार्दछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो एसी आर३२ इको रेफ्रिजिरेन्ट भएको र ५२ डिग्रीसम्मको तापक्रममा पनि कुलिङ गर्न सक्ने क्षमता रहेको छ।

टुइन रोटरी इन्भरटर टेक्नोलोजीमा आधारित  यस एसीले विजुली बचत गर्नुका साथै छिटो तातो र मौसमअनुसार छिटो चिसो पार्ने क्षमता रहेको छ। गोडरेजको यस एअर कन्डिसनरमा १० बर्ष को इन्भरटर कम्प्रेसर वारेन्टी रहेको छ।

यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेसन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ।

नेपालभर गोडरेज ब्रान्डको आधिकारिक बिक्रेता चौधरी गु्रपको सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सीजी ईओएल रहेको छ। सीजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकलाई सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जाल र अनलाइन सपिङ साइट cgdigital.com.np  मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।

कम्पनीका सीजी डिजिटल शोरुमहरु काठमाण्डौ उपत्यकाभित्र टंगाल, कुमारीपाटी, भक्तपुर राधेराधे, गट्ठाघर, कीर्तिपुर, रविभवन, हात्तीगौँडा, त्रिपुरेश्वर, नयाँबजार, बसुन्धारा, जोरपाटी र काठमाण्डौबाहिर बनेपा, पोखरा, इटहरी, हेटौँडा र भरतपुरमा रहेका छन् भने ४० भन्दा बढी नेपालभरि छरिएका सर्भिस सेन्टरबाट उत्कृष्ट बिक्रीपश्चात सेवा पनि प्रदान गरिरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
613SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?