National life

ग्रिन टायर्सद्वारा नयाँ ‘डेल्टा’ ब्रान्डको टायर उत्पादन

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२९ जेठ २०८०, सोमबार
1.2kShares
ग्रिन टायर्सद्वारा नयाँ ‘डेल्टा’ ब्रान्डको टायर उत्पादन
ncell

काठमाडौं । नेपाली टायर उत्पादक कम्पनी ग्रिन टायरले ‘डेल्टा’ ब्रान्डको टायर उत्पादन गरेको छ । कम्पनीले टीभीएस एन्टर्क स्कुटरका लागि आवश्यक ‘डेल्टा’ ब्रान्डको टायर उत्पादन गरेको हो ।

१००–८०–१२ ड्यास र ११०–८०–१२ ड्यास साइजको सो टायर उच्च गुणस्तरीय र किफायती रहेको छ । प्राविधिक रुपमा नेपाली सडक सुहाउँदो तरिकाले डिजाइन गरिएको यो टायर सुख्खा र चिसो सडकका साथै अफरोडमा समेत सहज तरिकाले प्रयोग गर्न सकिन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ग्रिन टायरका प्रबन्धक विकास सिंघानियाले रोलिङ प्रतिरोधी क्षमता घटाइएका कारण सो टायरले इन्धन खपतमा कमी ल्याउन पनि सहयोग पुुग्ने बताए । उनले भने, ‘अहिले बिक्री पछिको सेवाका लागि आवश्यक टायरको रुपमा यो टायर प्रयोग गर्न सकिन्छ, नेपाली बजारमा टीभीएस एन्टर्क स्कुटरका प्रयोगकर्ता बढ्दै गएका कारण सो स्कुटरको टायर उत्पादनमा ग्रिन टायरले विशेष ध्यान केन्द्रित गरेको हो।’

ग्रिन टायरले योभन्दा पहिले ट्रयाक्टरमा प्रयोग गर्न सकिने शेर्पा ब्रान्डको सारथी टायरसमेत उत्पादन गरिसकेको छ। करिब ५ वर्षपहिले मोरङको कटहरीमा स्थापना भएको ग्रिन टायर प्रालिले डेल्टा र शेर्पा ब्रान्डका टु ह्विलर, थ्री ह्विलर तथा एग्रिकल्चर सेगमेन्टका टायरहरु उत्पादन गर्छ।

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?