National life

चाडपर्व मनाउन घर गएकाहरू फर्किन थाले काठमाडौँ, बाक्लिन थाल्यो सवारी चाप

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ मंसिर २०८०, शुक्रबार
601Shares
चाडपर्व मनाउन घर गएकाहरू फर्किन थाले काठमाडौँ, बाक्लिन थाल्यो सवारी चाप
ncell

काठमाडौं । हिन्दु नेपालीहरूको मुख्य चार्ड दशमी र दीपावली मनाएर काठमाडौँ उपत्यका फर्किनेहरूको सङ्ख्या बाक्लिन थालेको छ । काठमाडौँ उपत्यका भित्रिने मुख्य नाका नागढुंगा, थानकोटबाट उपत्यका भित्रिनेहरू चाडपर्वहरू सकिएसँगै फर्किन थालेका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारी बिदा सकिएको र निजी क्षेत्रमा काम गर्नेहरूको समेत चाडबाड बिदा सकिएसँगै झोला बोकेर राजधानी फर्कनेहरूको सङ्ख्या ह्वात्तै बढेको हो । सरकारी तथा निजी कार्यालयहरू खुल्न थालेसँगै काठमाडौँ उपत्यकाभित्र बसेर कामकाज गर्नेहरू तथा चाडपर्व मनाउन घर गएकाहरू फर्किन थालेका हुन्।

काठमाडौँ उपत्यकाबाट बाहिरिने साना तथा ठुला सवारी साधन लगभग खानी खाली जस्तो गएतापनी  उपत्यकामा भित्रिने सवारीमा भने कोचाकोच मान्छे भरिने गरेका छन् ।

काठमाडौँ उपत्यका प्रवेश नाकाहरूमा यति बेला लामो ट्राफिक जाम पर्ने गरेको थानकोट प्रहरी बिटको भनाई छ । काठमाडौँ प्रवेश नाकादेखि अधिकांश चोकहरूमा लामो दुरीका यात्रुले ट्याक्सी वा पठाओ कुर्ने गरेको दृश्य देख्न सकिन्छ ।

यो वर्ष दशैं तथा तिहार मनाउनका  लागि काठमाडौँ उपत्यका छोड्नेको सङ्ख्या ७ लाखभन्दा बढी रहेको प्रहरीको जानकारी छ ।

दशैंको लामो बिदाकै अवसर पारेर कतिपय घुम्न निस्किनछन् भने अधिकांशले परिवारसँगै बसेर चाड मनाउनका लागि उपत्यका छाड्ने गर्छन् । अरू समयमा पनि घर आवतजावत गर्दा रमाइलो हुने भए पनि दशैंमा घरजाँदाको हर्ष नै बेग्लै हुने यात्रुको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
601SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?