काठमाडौँ । चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी लीपमोटरले गत अक्टोबर महिनामा कीर्तिमानी बिक्री गरेको छ।
गत अक्टोबरमा ७० हजार २८९ वटा सवारीसाधन बिक्री गर्दै चीनका नयाँ ऊर्जा सवारी स्टार्टअपहरूमध्ये कम्पनीले आफूलाई शीर्ष स्थानमा स्थापित गरेको हो।
कम्पनीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, यो बिक्री गत वर्षको सोही अवधिको तुलनामा ८४ प्रतिशतले बढेको हो ।
यो उत्कृष्ट प्रदर्शनले लगातार आठ महिनासम्म कम्पनीको बिक्रीलाई शीर्ष स्थानमा राखेको छ, जसले बजारमा यसको बढ्दो प्रभावलाई देखाउँछ।
यो सफलतालाई लीपमोटरले आफ्नो नवप्रवर्तन, गुणस्तर र दिगो यातायातप्रतिको प्रतिबद्धताको परिणाम मानेको छ। नेपाललगायत विश्वका विभिन्न बजारहरूमा आफ्ना आधुनिक र उच्च प्रदर्शनयुक्त विद्युतीय गाडीहरू यस कम्पनीले उपलब्ध गराउँदै आएको छ।
यो कीर्तिमानी बिक्रीले विद्युतीय सवारीको भविष्यलाई अगाडि बढाउन र दिगो यातायाततर्फ विश्वव्यापी परिवर्तनलाई गति दिन कम्पनीको भूमिकालाई थप बलियो बनाएको कम्पनीले जानकारी दिएको छ।


































