National life

चिनिया कम्पनीसँगको सहकार्यमा विद्युतीय गाडी उत्पादन गर्ने सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ वैशाख २०८१, सोमबार
1.1kShares
चिनिया कम्पनीसँगको सहकार्यमा विद्युतीय गाडी उत्पादन गर्ने सम्झौता
ncell

काठमाडौँ । चिनिया कम्पनीसँगको सहकार्यमा विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ। चिनियाँ कम्पनी स्यामन गोल्डेन ड्रागन अटो बडी कम्पनीसँगको सहकार्यमा कोशी एन के मोटर्स प्रालिले विद्युतीय गाडी उत्पादन गर्ने भएको हो ।

सोमबार चीनको फुजियन प्रान्तमा रहेको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी र कोशी एन के मोटर्स प्रालिले चार पाङ्ग्रे सबै किसिमका गाडी नेपालमा उत्पादन गर्ने सम्झौता गरेका हुन् । दुई कम्पनीले पहिलो चरणमा तीन अर्ब लगानी गर्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै एक वर्षभित्र विराटनगरमा चार पाङ्ग्रे गाडीको उत्पादन सुरु गर्ने लक्ष्य रहेको कोशी एन के मोटर्स प्रालिका अध्यक्ष टीकाराम पुरीले जानकारी दिएका छन् । कोशी मोटर्सले चिनिया कम्पनीसँगको सहकार्यमा बस उत्पादन गर्ने लक्ष्य लिएको छ । सम्झौता अनुसार उत्पादन सुरु भए कोशी मोटर्स ठुला सवारी उत्पादन गर्ने पहिलो कम्पनी बन्ने छ।

नेपालको आवश्यकता र परिवेश अनुसार चिनियाँ र कोरियन प्रविधिमा आधारित चार पाङ्ग्रे विद्युतीय सवारी उत्पादन हुने पुरीले जानकारी दिए । उनका अनुसार विद्युतीय गाडी उत्पादन प्लान्ट स्थापनाका लागि मोरङको बुढीगंगामा १५ बिघा जग्गा तयारी अवस्थामा छ ।

एक वर्षभित्र सवारी उत्पादन गर्ने गरी पहिलो चरणमा तीन अर्ब लगानी गरिने अध्यक्ष पुरीले बताए । यो सम्झौताले आर्थिक मन्दीलाई चिर्दै नेपालमा लगानीको वातावरण रहेको सन्देश दिने पुरीको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?