काठमाडौं । सन् २०२४ को पहिलो ४ महिनामा सबैभन्दा धेरै बीवाइडीका गाडीहरु निर्यात भएका छन्। यस अवधिमा बीवाइडीले टेस्लालाई पछि पार्दै १ लाख ३८ हजार ७६९ यूनिट ईभी निर्यात गरको हो ।
दोस्रोमा धेरै निर्यात गर्ने कम्पनीमा टेस्ला रहेको छ । टेस्लाले १ लाख १९ हजार २०२ यूनिट ईभी निर्यात गरेको देखिन्छ ।
त्यसैगरी तेस्रोमा एसएआईसीले २९ हजार ८२७ यूनिट कार निर्यात गरेको हो । त्यस्तै , चौथो स्थानमा स्टार्टअप कम्पनी नेटा रहेको छ । नेटाले चार महिनामा १३ हजार ६९४ यूनिट नेटाका कारहरु निर्यात गरेको हो । पाँचौमा चेरीले १३ हजार ५१७ यूनिट ईभी निर्यात गरेको छ ।



































