National life

चौधरी समूहले सार्वजनिक गर्‍यो जीएसी ब्रान्ड, मुल्य कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ फागुन २०८०, मङ्गलबार
689Shares
चौधरी समूहले सार्वजनिक गर्‍यो जीएसी ब्रान्ड, मुल्य कति ?
ncell

काठमाडौँ । चौधरी समूह (सिजी)  ले नयाँ विद्युतीय गाडी ब्रान्ड आयन वाई नेपाल सार्वजनिक गरेको छ।

चौधरी समूह थापाथलीमा नयाँ शोरुम स्थापनासँगै जीएसी आयन ब्राण्डको ईभी बिक्री सुरु गरेको हो। यसलाई कम्पनीले १८ र १९ इन्चको ह्विल अप्सनमा चीनमा बिक्री गर्दै आएको छ।

चिनियाँ बजारमा उपलब्ध आयन वाईको ग्राउन्ड क्लियरेन्स १८३ एमएम मात्रै छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जीएसी आयन वाईमा ६१.५किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिइएको छ। गाडीले सिङ्गल चार्जमा ५०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ।

गाडीमा १०.२५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले र १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम छ। गाडीमा कप होल्डर, वायरलेस चार्जरको सुविधा पनि  छ।

त्यस्तै गाडीमा १०० किलोवाटको मोटर छ। यसले १७६ एनएम टर्क क्षमता जेनेरेट गर्छ। गाडीको लम्बाइ ४५३५० एमएम, चौडाइ १८७० एमएम र उचाइ १६५० एमएम छ। यसमा २७५० एमएमको ह्विलबेस पाउन सकिन्छ।

चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीले नेपालमा १० मध्ये ७ वटा विद्युतीय गाडी बिक्री भइरहेको बताए। उनले जीएसी ब्रान्डले बीवाईडीसँग प्रतिस्पर्धा गर्ने बताए।

आयन वाई मोडलको मूल्य ५४ लाख ९९ हजार रूपैयाँ तोकिएको छ।चौधरी समूहले नेटाको यु मोडल र स्मार्ट ब्रान्डको विद्युतीय गाडी पनि नेपाली बजारमा भित्र्याउँदै छ। सिजी मोटर्सले केवाईसी र किङलङ्गका विद्युतीय भ्यान समेत बिक्री गरिरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
689SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?