National life

जी मोटर्सले भित्र्यायो विद्युतीय सवारी ब्रान्ड ’स्काइवेल’,फुल चार्जमा ६२० किलोमिटर

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२३ भदौ २०८०, शनिबार
593Shares
जी मोटर्सले भित्र्यायो विद्युतीय सवारी ब्रान्ड ’स्काइवेल’,फुल चार्जमा ६२० किलोमिटर
ncell

काठमाडौं– अटोमोवाइल क्षेत्रमा लामो समयदेखि सवारी बिक्री गर्दै आएको जी मोटर्सले आधिकारिक बिक्रेताका रूपमा नयाँ ब्राण्ड नेपाल भित्र्याएको छ । जी मोटर्सले चिनियाँ विद्युतीय सवारी ब्राण्ड स्काइवेल नेपाल विद्युतीय सवारीप्रति उपभोक्ताको बढ्दो चाहनालाई सम्बोधन गर्न कम्पनीले प्रिमियम ब्राण्डको विद्युतीय एसयूभी ल्याएको हो ।

स्काइवेलका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की र रसिया लगायत ४८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ । उच्च प्रविधियुक्त र नेपालमा उपलब्ध मध्य सर्वाधिक रेन्ज दिने स्काइवेलको विद्युतीय एसयूभी ईटी–५ भित्र्याएको हो । स्काइवेल ईटी –५ ले एक पटकको फुल चार्जमा ६ सय २० किलोमिटर रेन्ज दिने कम्पनीले दावी गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

स्काइवेल ईटी–५ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ । स्काइवेल ईटी छ विशेषगरी इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो ।

यी विशेषताले यो विद्युतीले एसयूभीलाई प्रिमियम क्याटागोरी प्रदान गरेको छ । यस्को टपस्पिड १६० प्रतीघन्टा भन्दा बढी रहेको छ, जसले उपभोक्तालाई उच्च गतिको सवारी ड्राईभिङ अनुभूति दिलाउने जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलाल बताए ।

विद्युतीय सवारी प्रति उपभोक्ताको बढ्दो चाहनालाई सम्बोधन गर्न कम्पनीले प्रिमियम ब्रान्डको विद्युतीय एसयूभी ल्याएको जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलाले बताए। नेपालको बाटो र यहाँका उपभोक्ताको आवश्यकता पूरा गर्ने उच्च प्रविधि र विशेषाताले भरिएको ईटी फाइभ विद्युतीय एसयूभी दसैँअगावै उपभोक्तालाई हस्तान्तरण गर्नेगरि काम भइरहेको गेलालले बताए।

यसमा प्यानारोमिक सनरुफ पनि रहेको छ। जी मोटर्सले यसको मूल्य १ करोड ९ लाख रुपैयाँ निर्धारण गरेको छ।

जी मोटर्सले स्काइवेल ब्रान्ड यही भदौ २६ गतेदेखि हुने नाडा अटो शो २०२३ मा समेत प्रदर्शनीका लागि राख्ने छ। त्यसका लागि जी मोटर्सले जी ईभीका नाममा स्टलसमेत बुक गरेर राखेको छ।

२०७४ मा स्थापना भएको जी मोटर्सले यसअघि नेपाली बजारमा विभिन्न ब्रान्डका सवारी स्थानीय डिलरका रूपमा बिक्री गर्दै आएको थियो। जी मोटर्सले काठमाडौं र इटहरीमा ८ भन्दा बढी शोरुमबाट २ हजार उपभोक्तालाई सेवा उपलब्ध गराइसकेको छ।

जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलाल विगत १६ वर्षदेखि आटोमोबाइल क्षेत्रमा आबद्ध छन्। लामो समयको सवारी बिक्री अनुभवमार्फत स्वाइवेल ब्रान्डसहिरत नेपाली उपभोक्ता र यहाँको भूगोल सुहाउँदो प्योर ईभी प्ल्याटफर्मका विद्युतीय सवारी बिक्रीमा होमिएका छन्।

यो समाचार शेयर गर्नुहोस्
593SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?