अहिले सिप्रदी ट्रेडिङ प्रा.लि. अन्तर्गत देशैभरिका विभिन्न सर्भिस सेन्टरमार्फत हामीले ग्राहकहरुलाई सेवा दिइरहेका छौँ। बुकिङका लागि ग्राहकले टेलिफोन वा एपमार्फत समय लिएर वर्कसपमा आउन सक्नुहुन्छ। सुविधा रोड साइड असिस्टेन्सको सुविधा पनि छ। बाटोमा गाडी बिग्रिएको खण्डमा आधा घण्टाभित्र सेवा उपलब्ध गराउने व्यवस्था गरेका छौँ।
त्यसैगरी, दुर्घटना भएको अवस्थामा बीमा दाबी गर्नुपर्ने हुन्छ। त्यस्तो अवस्थामा क्यासलेस इन्स्योरेन्समार्फत सहज र छिटो प्रक्रिया हुने गरी, ग्राहकलाई झन्झट नपर्ने किसिमले सेवा दिइरहेका छौँ।
इभी गाडी पुरानो हुँदै जाँदा वारेन्टीको प्रावधान परिवर्तन हुन सक्छ। त्यसका लागि हामीले ‘एक्सटेन्डेड वारेन्टी प्याकेज’ पनि उपलब्ध गराएका छौँ।
बीडीआरएफ (Battery Diagnostic & Restoration Facility) सेवा पनि उपलब्ध छ। इभी गाडीको हाई भोल्टेज ब्याट्री वा ट्र्याक्सन मोटरसँग सम्बन्धित कुनै समस्या आएमा त्यसलाई डाइग्नोसिस गरी पूर्वअवस्थामै रिस्टोर गर्ने सुविधा प्रदान गरिरहेका छौँ। ग्राहकलाई गाडीको अवस्थाबारे हुने चिन्ता कम गर्न हामीले यसमा विशेष काम गरिरहेका छौँ।
काठमाडौँ भ्यालीलाई केन्द्रमा राखेर इक्विपमेन्ट ड्रप सर्भिस पनि उपलब्ध गराइएको छ।
ग्राहकहरुलाई कस्ता–कस्ता वारेन्टी सम्बन्धी सुविधा उपलब्ध छन् ?
हामीले दुई किसिमका वारेन्टी प्रदान गरेका छौँ। पहिलो, ‘भेहिकल वारेन्टी’ जुन ३ वर्ष वा १ लाख २५ हजार किलोमिटर, जुन पहिले पूरा हुन्छ, त्यही आधारमा लागू हुन्छ।
दोस्रो, हाई भोल्टेज ब्याट्री र ट्र्याक्सन मोटर (इ–ड्राइभ)मा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध छ।
वारेन्टी म्यानुफ्याक्चरिङ डिफेक्टका कारण आएको समस्यामा मात्र मान्य हुन्छ। यदि समस्या मर्मत गर्न सकिने अवस्थामा छ भने रिपेयर गरिन्छ, अन्यथा आवश्यक परेमा रिप्लेसमेन्ट गरिन्छ।
गाडी खरिदपछि सर्भिस लिन कत्तिको सहज छ ? नेटवर्क कस्तो छ ?
https://youtu.be/50jHZoJg4ig?si=_oh161bYBVZ9_WGl
सर्भिस लिन निकै सहज छ। सिप्रदी ट्रेडिङ प्रा.लि. लगायत आधिकारिक सर्भिस सेन्टर गरी नेपालभर कुल २१ वटा सर्भिस सेन्टरबाट सेवा दिइरहेका छौँ। यसले गर्दा ग्राहकले छिटो, छरितो र प्रभावकारी सेवा पाइरहेका छन् भन्नेमा हामी विश्वस्त छौँ।
ग्राहकहरु कस्ता समस्या लिएर आउँछन् र समाधान कसरी गरिन्छ ?
गाडी किनिसकेपछि ग्राहकलाई पनि गाडीका कतिपय फिचरबारे थाहा हुँदैन। ग्राहकहरुले गाडी किनेपछि सुरुमा आउने गुनासो प्रायः साना, दैनिक (डे–टु–डे) प्रयोगसँग सम्बन्धित हुन्छन्।
जस्तै, गाडीमा बल्ने इन्डिकेटरहरू के हुन् ? टीपीएमएस अर्थात् टायर प्रेसर मोनिटर सिस्टम त्यसैगरी सर्भिस रिमाइन्डर सम्बन्धी जिज्ञासा, रिमोटको साँचो कसरी चलाउने र त्यसको प्रयोग कसरी गर्ने भन्ने विषयमा बढी प्रश्नहरू आउने गर्छन्।
गाडीमा दिइएको अन्य मोबिलिटी किटहरू, टायरमा हावा हाल्ने गेज आदि सम्बन्धी जिज्ञासा पनि आउने गर्छ। अधिकांश ग्राहकका जिज्ञासा यिनै विषयमा केन्द्रित हुन्छन्। यी कुराहरू समाधान गर्न हामी टेलिफोनमार्फत परामर्श दिने, देशैभरिका ग्राहकका लागि अवेयरनेस भिडियोहरू तयार गर्ने र त्यसमार्फत जिज्ञासा समाधान गर्ने प्रयास गरिरहेका छौँ।
सर्भिस सेन्टरमा आएका बेला पनि ग्राहकलाई चार्जिङ कसरी गर्ने ?, नेटवर्क कहाँ–कहाँ उपलब्ध छ ? लगायतका विषयमा जानकारी दिइरहेका हुन्छौँ।
इभी गाडीको सर्भिस लागत कति लाग्छ ?
निश्चित रकम तोकेर भन्नुभन्दा पनि तुलनात्मक रूपमा इभी गाडीको सर्भिस लागत पेट्रोल वा डिजेल गाडीभन्दा ७० देखि ८० प्रतिशतसम्म कम पर्छ।
इभीमा ब्याट्री र मोटर मुख्य कम्पोनेन्ट हुने भएकाले मोभिङ पार्ट कम हुन्छन्, जसले गर्दा मर्मत तथा पार्टपुर्जाको खर्च पनि कम हुन्छ।
उपत्यका भित्र र बाहिर चार्जिङ स्टेसनको अवस्था कस्तो छ ?
उपत्यकाभित्र १३ वटा चार्जिङ स्टेसन छन्, जसमध्ये ४ वटा अनलाइन र ८ वटा अफलाइन छन्। कपनस्थित हाम्रो ठूलो सर्भिस सेन्टरमा पनि पृथक सेवा उपलब्ध छ। त्यहाँ गाडी मर्मतका लागि आवश्यक सबै उपकरणसहित ग्राहकले आफ्नै गाडी मर्मत भइरहेको हेर्न सक्ने व्यवस्था गरिएको छ।
नेपालभर डीसी फास्ट चार्जर गरी कुल ३७ वटा चार्जिङ स्टेसन सञ्चालनमा छन्। तीमध्ये २९ वटा अनलाइन र ८ वटा अफलाइन छन्। ग्राहकले आवश्यक समयमा यी चार्जिङ स्टेसन प्रयोग गर्न सक्छन्।
आफ्टर सेल्स सर्भिसमा प्रमुख चुनौती के–के छन् ?
गाडीमा मोबाइल फोनजस्तै तीव्र गतिमा नयाँ प्रविधि आइरहेकाले सीपयुक्त, तालिमप्राप्त र प्रतिस्पर्धी जनशक्ति आवश्यक पर्छ। दक्ष जनशक्ति पाउनु चुनौतीपूर्ण छ। साथै, सेवा दिन आवश्यक टुल्स र इक्विपमेन्टमा लगानी गर्नुपर्ने भएकाले आर्थिक चुनौती पनि हुन्छ।
अर्को चुनौती ग्राहक अवेयरनेस हो। प्रोडक्टको प्रयोग र सुविधाबारे स्पष्ट जानकारी भएपछि मात्र ग्राहक सन्तुष्टि सुनिश्चित गर्न सकिन्छ। त्यसैले बिक्रीपछि पनि समय–समयमा ग्राहकलाई सचेत गराउनु आवश्यक हुन्छ। यस्तै चुनौतीहरु छन् ।
भविष्यमा थप सुधारको योजना के छ ?
सिप्रदी ट्रेडिङ प्रा.लि. को मिसन नै ग्राहकको ‘फर्स्ट च्वाइस’ बन्ने हो। त्यसअनुसार कम्पनीले सधैं ग्राहक सेवालाई विशेष महत्व दिँदै आएको छ। हालसम्मको डाटाअनुसार ९६–९७ प्रतिशतभन्दा बढी ग्राहक सन्तुष्ट रहेको पाएका छौँ।
समयको मागअनुसार सेवा विस्तार र सुधार गरिरहेका छौँ। आगामी दिनमा पनि ग्राहकका अपेक्षालाई ध्यानमा राख्दै थप सुधारसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।
समग्रमा हेर्दा नेपालमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै जाँदा बिक्रीपछिको सेवा प्रणाली अझ व्यवस्थित, प्रविधिमैत्री र ग्राहककेन्द्रित बनाउनु अपरिहार्य बन्दै गएको देखिन्छ। सर्भिस नेटवर्क विस्तार, वारेन्टी सुरक्षा, चार्जिङ पूर्वाधार विकास तथा प्राविधिक सहयोगलाई सुदृढ गर्दै सिप्रदी ट्रेडिङ प्रा.लि. ले इभी प्रयोगकर्ताको विश्वास कायम राख्ने प्रयास गरिरहेको छ।
इभी प्रविधिप्रति ग्राहकको भरोसा बढाउन गुणस्तरीय आफ्टर सेल्स सेवा नै मुख्य आधार हुने भएकाले आगामी दिनमा सेवा सुधार, जनशक्ति विकास र ग्राहक सचेतनामा थप ध्यान केन्द्रित गरिने कम्पनीको भनाइ छ। यसले नेपालमा विद्युतीय सवारी साधनको दीगो विस्तारसँगै हरित यातायात प्रणालीलाई प्रवर्द्धन गर्न समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।


































