National life

टाटा मोटर्सको भ्यालेन्टाइन अफर : पुरानो गाडीको डाउनपेमेन्ट राखेर नयाँ पाइने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ माघ २०८०, शुक्रबार
572Shares
टाटा मोटर्सको भ्यालेन्टाइन अफर : पुरानो गाडीको डाउनपेमेन्ट राखेर नयाँ पाइने
ncell

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले शुक्रवारबाट भ्यालेन्टाइन स्पेशल – ‘एक्सचेन्ज विथ लभ’ कार्यक्रमको शुरूवात आयोजना गरेको छ ।

३ दिनसम्म सञ्चालन हुने कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरूलाई डाउनपेमेन्ट राखेर नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन ईभी र टियागो ईभी लगायतका गाडीहरू साट्न सकिने सिप्रदी ट्रेडिङ्ग प्रालिले जनाएको छ ।​

ग्राहकवर्गको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरू प्रतिको रुचि तथा चाहनाहरूलाई मध्यनजर गर्दै यस कार्यक्रमको आयोजना गरिएको हो ।

उपत्यकाभित्र टाटा मोटर्सको शोरुम थापाथली, राधेराधे भक्तपुर, वेष्टर्न मोटर्स महाराजगन्ज र जेबी मोटर्स बालकुमारी र उपत्यका बाहिर रुद्रप्रिया इन्टरनेशनल, नेपालगन्ज, नारायणघाटमा रहेको एसएच मोटर्सलगायत नेपालभरि रहेका टाटाका शोरुमहरूमा आयोजना गर्न लागिएको हो ।

Royal Enfield
nic asia capital

यस एक्सचेन्ज वीद लभ कार्यक्रममा गाडी किन्ने ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रुपमा ईभी गाडीहरूका लागि फास्ट चार्जर, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा आइफोन १५ प्राप्त गर्नेछन् ।

यस कार्यक्रमको अवसरमा ग्राहक महानुभावहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । साथै नयाँ गाडी खरिद गरेर भरपूर फाइदा उठाउन पनि कम्पनीले आग्रह गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
572SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?