National life

टेस्लाको मोडल वाई महँगियो, अमेरिकामा बढ्यो मूल्य

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०३ जेठ २०८३, आइतबार
1.3kShares
टेस्लाको मोडल वाई महँगियो, अमेरिकामा बढ्यो मूल्य
ncell

काठमाडौँ । विद्युतीय गाडी उत्पादन गर्ने कम्पनी टेस्लाले अमेरिकामा आफ्ना मोडल वाई सवारीहरूको मूल्यमा वृद्धि गरेको छ। कम्पनीको आधिकारिक वेबसाइटमा प्रकाशित विवरणअनुसार शनिबारदेखि नयाँ मूल्य लागू गरिएको हो।

अपडेट गरिएको मूल्यअनुसार मोडल वाई प्रिमियम अल ह्विल ड्राइभको मूल्य १ हजार डलरले बढेर ४९ हजार ९९० डलर पुगेको छ। त्यसैगरी, प्रिमियम रियर ह्विल संस्करणको मूल्य पनि १ हजार डलरले बढ्दै ४५ हजार ९९० डलर कायम गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मोडल वाई परफर्मेन्स अल ह्विल ड्राइभको मूल्य भने ५ सय डलरले वृद्धि भई ५७ हजार ९९० डलर निर्धारण गरिएको छ।

हालसम्म कम्पनीले मूल्यवृद्धिको स्पष्ट कारण भने खुलाएको छैन।

यसअघि गत वर्ष अगस्टमा टेस्लाले साइबर ट्रकको मूल्य अमेरिकामा १५ हजार डलरसम्म बढाएको थियो। साथै, सन् २०२४ मा पनि कम्पनीले मोडल वाईका सबै संस्करणहरूको मूल्य १ हजार डलरले वृद्धि गरेको थियो।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?