National life
cg eloctronics

डायुन इभि भ्यान अब मात्र ३.९९ लाख डाउन पेमेन्टमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०२ माघ २०८२, शुक्रबार
1.4kShares
डायुन इभि भ्यान अब मात्र ३.९९ लाख डाउन पेमेन्टमा
muktinatha bikash bank

काठमाडौं। नेपालमा डायुन इभिको आधिकारिक वितरक सि.जी मोटर्सले डायुन इभि कारमा सीमित अवधिका लागि विशेष तथा अत्यन्तै आकर्षक अफर सार्वजनिक गरेको छ। अब डायुन इभि मात्र ३.९९ लाख रुपैयाँ डाउन पेमेन्टबाटै उपलब्ध हुने भएको छ, जसले दिगो, किफायती र वातावरणमैत्री विद्युतीय सवारी साधनलाई नेपाली उपभोक्ताका लागि अझ सहज र पहुँचयोग्य बनाउने सि.जी मोटर्सको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

नेपाली सडक अवस्था र ड्राइभिङ आवश्यकतालाई ध्यानमा राखेर विशेष रूपमा डिजाइन गरिएको डायुन इभिले एकपटक फुल चार्ज गर्दा ३०० किलोमिटर सम्मको यात्रा प्रदान गर्दछ। यसमा २०१ mm ग्राउन्ड क्लियरेन्स रहेको छ, जुन यस श्रेणीमै सबैभन्दा उच्च हो। साथै, सेग्मेन्टकै उत्कृष्ट Full Independent Suspension प्रणालीले शहरी सडकदेखि चुनौतीपूर्ण भू–भागसम्म उत्कृष्ट सवारी आराम, उच्च स्थिरता र आत्मविश्वासपूर्ण प्रदर्शन सुनिश्चित गर्दछ।

everest bank

ग्राहकलाई अझ बढी मूल्य र न्यूनतम लागत प्रदान गर्ने उद्देश्यले सि.जी मोटर्सले आकर्षक प्याकेज पनि उपलब्ध गराएको छ। यस प्याकेजमा आकर्षक एक्सचेन्ज बोनस, नगद छुट, निःशुल्क एक्सेसरिज, निःशुल्क ३.३ किलोवाट क्षमताको होम चार्जर, एक वर्षको सडक कर तथा अटो प्लस बीमा कभरेज समावेश छन्।

यस अफरका अतिरिक्त, डायुन इभि मा प्रिमियम तथा सेग्मेन्ट–लीडिङ GB/T चार्जिङ प्रणाली जडान गरिएको छ, जसले सीजी मोटर्सको फास्ट चार्जिङ पूर्वाधारसँग सहज अनुकूलता सुनिश्चित गर्दछ। ग्राहकहरूले नेपालभर रहेका २६० भन्दा बढी सीजी फास्ट चार्जिङ स्टेशनहरूको सुविधा सहज रूपमा उपयोग गर्न सक्नेछन्, जसले छिटो र भरपर्दो चार्जिङ अनुभव प्रदान गर्दछ।

सि.जी मोटर्सले नेपाललाई स्वच्छ ऊर्जामैत्री यातायाततर्फ अघि बढाउने आफ्नो अग्रणी भूमिकालाई निरन्तरता दिँदै, उच्च प्रदर्शन, व्यवहारिकता र दीर्घकालीन बचतको उत्कृष्ट संयोजन भएको इभि भ्यान नेपाली बजारमा उपलब्ध गराइरहेको छ।

थप जानकारी तथा बुकिङका लागि ९८०१४६२८२५ , ९७०५४४१७२८, ९८०२३४३१५४ नम्बरहरुमा सम्पर्क गर्न सकिने छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?