National life
cg eloctronics

डेल्टा अटो कर्पले ल्यायो “नयाँ युगको नयाँ राइड”

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१३ चैत २०८२, शुक्रबार
1.9kShares
डेल्टा अटो कर्पले ल्यायो “नयाँ युगको नयाँ राइड”
muktinatha bikash bank

काठमाडौं। नेपालका लागि प्रिमियम इटालियन स्कुटर ब्रान्ड भेस्पा – एप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा. लि.ले नयाँ वर्ष विशेष अफर “नयाँ युगको नयाँ राइड” घोषणा गरेका छन्। यो अफर चैत १३ देखि देशभरका आधिकारिक भेस्पा र अप्रिलिया शोरूमहरूमा उपलब्ध हुनेछ र ग्राहकहरूलाई नयाँ वर्षको सुरुवात उत्साहजनक अफर र विशेष सुविधा सहित प्रदान गर्ने उद्देश्य राख्दछ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यस अफरअन्तर्गत, ग्राहकहरूले नगदमा खरिद रु. ८,३०० रुपैयाँको नगद छुट पाउनेछन्, साथै एक्सचेञ्जमा रु. १०,००० रुपैयाँको अतिरिक्त एक्सचेञ्ज बोनस पनि उपलब्ध हुनेछ। यसमा बजारकै सबैभन्दा कम ४.९९% ब्याजदरमा किस्ता सुविधा (ईएमआई) पनि रहेको छ, जसले ग्राहकहरूलाई आफ्नो मनपर्ने भेस्पा वा अप्रिलिया स्कुटरको सहज खरिद उपलब्द गराउँछ।

everest bank

नयाँ बर्षको माहोल अझ रोचक बनाउन, अफर अवधिमा खरिद गर्ने हरेक ग्राहकलाई ब्राण्डेड फ्री एक्सेसरीज, जस्तै हेल्मेट र स्कुटर कभर, उपलब्ध गराइनेछ। त्यसैगरी, अभियानमा साप्ताहिक लक्की ड्र समेत समावेश गरिएको छ, जसअन्तर्गत भाग लिने ग्राहकहरूले रूपाकोट रिसोर्टमा विशेष लक्जरी गेटवे जित्ने मौका पाउनेछन्, जसले हरेक खरिदलाई अझ रोमान्चक र लाभदायी बनाउँछ।

अफरबारे कुरा गर्दै, डेल्टा अटोकर्पका मुख्य कार्यकारी अधिकृत तथा निर्देशक विजय कुमार महतोले भने, “नयाँ वर्ष नयाँ यात्रा र अवसरहरू अंगाल्ने समय हो। ‘नयाँ युगको नयाँ राइड’ मार्फत हामी केवल प्रिमियम स्कुटर मात्र प्रदान गरिरहेका छैनौं; हामी हाम्रा ग्राहकहरूलाई प्रिमियम अनुभवसँगै गर्वको अनुभूति दिलाउँदै, र आत्मविश्वासका साथ नयाँ वर्षको सुरुवात गर्ने अवसर प्रदान गर्न चाहन्छौं।“

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?