काठमाडौं । चिनियाँ ब्राण्ड नेटा एक्स थाईल्यान्डमा सबैभन्दा धेरै बिक्री हुने एसयुभी बनेको छ । गत वर्ष २०२४ को डिसेम्बर महिनामा थाईल्यान्डको विभिन्न इलेक्ट्रिक सवारी बिक्रिको आंकडा अनुसार नेटा एक्स र नेटा भी सबैभन्दा बढी बिक्रि हुने एसयुभीको सुचीमा तेस्रो र चौथो स्थानमा परेका छन् ।
नेटा ब्राण्डका नेटा भी र नेटा एक्सको बिक्रि तथ्याङ्क अनुसार लगातार नेटा भीले ३४२ युनिटका साथ तेस्रो स्थान तथा नेटा एक्सले ३४२ युनिटका साथ चौथौ स्थान प्राप्त गरेका हुन् । तर नेटा एक्स र नेटा भीको बिक्रि तथ्यांकलाई एकसाथ जोडेर हेर्दा भने सबैभन्दा बढी बिक्रि हुने एसयुभीको सुचीमा नेटा दोस्रो स्थानमा पर्छ ।
नेटा भी क्रसओभर वर्गमा इलेक्ट्रिक वाहन (EVs) चाहनुहुने व्यक्तिहरूको लागि एक महत्वपूर्ण विकल्प भएको कम्पनीको दाबी छ । यसमा ४०.७ कि.वा. सम्मको उच्च क्षमता सहितको ब्याट्री जडान गरिएको हुन्छ । ५० कि.वा.मोटरसहित राम्रो प्रदर्शन सुनिश्चित गर्ने यो गाडीले १२० एलएम टर्कले गतिशील ड्राइभिङ अनुभव प्रदान गर्ने गर्छ ।
नेटा भी २० मिनेटको फास्ट चार्जिङमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्रीलाई चार्ज गर्न सक्छ । यसमा एकल चार्जमा ३८० किमि दायरा छ । जसको ८ वर्ष वा १ लाख ५० हजार किमि सम्मको वारेन्टी कम्पनिले दिएको छ ।
यस्तै नेटा एक्सले पनि एकल चार्जमा ५ सय किमि सम्म यात्रा गर्न सकिन्छ । १५० मिमि ग्राउन्ड क्लियरन्स भएको यो गाडीले चालकलाई सुरक्षित महसुस गराउने बताइएको छ । क्याटलका अत्याधुनिक लिथियम आयरन फस्फेट ब्याट्रीहरूले सुसज्जित यो गाडीमा पनि कम्पनीले ८ वर्ष वा १ लाख ८० हजार किमि ब्याट्री वारेन्टीको ग्यारेन्टी गरेको छ ।
यी सुविधाहरूले नेटा एक्सलाई एक बहुपरकारी र पर्यावरणमैत्री एसयुभीको रूपमा आकर्षक विकल्प बनाएको दाबी कम्पनीले गरेको छ ।
नेपालका लागि नेटा ब्राण्डको आधिकारीक वितरक सिजी मोर्टस रहेको छ । जसले यी दुबै मोडलका कारहरु नेपालमा बिक्रि वितरण गर्ने गरेको छ ।



































