काठमाडौँ। दशैं तथा तिहारजस्ता ठुला चाडपर्वहरुहरुलाई लक्षित गरेर विभिन्न अटो कम्पनीहरूले विभिन्न अफर ल्याउने गरेका छन् । यस वर्षको दशैं तिहार तथा छठजस्ता ठुला पर्वहरु नजिकिदै गर्दा कतिपय अटो कम्पनीहरुले एक्सचेञ्जको अफर लगायत विभिन्न खालका आर्कषक अफर सार्वजनिक गरेका छन् ।
हुन्डाई
हुन्डार्ड फेस्टिभ डिलाइट २०८१ अन्तर्गत हुन्डाई गाडीको खरीदमा १० लाखसम्म नगद छुट, स्क्राच कार्ड मार्फत थप १ लाख रुपैयाँसम्मको नगद छुटका र १ वर्षको लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
निसान
सुजुकी
टाटा
होम अप्लायन्स अन्तर्गत वासिङ मेसिन, फ्रिज, एसी, टिभी, माइक्रो वेब रहेका छन् भने ग्याजेट अन्तर्गत आइफोन, एयरपड, म्याकबुक, एपल वाच प्राप्त गर्न सकिन्छ ।
यस्तै टुर प्याकेज अन्तर्गत मरिसस, बैंकक, मलेसिया, दुबई वा युरोप रहेका छन्। यस्तै बुकिङ गराउँदा पनि ग्राहकहरूले स्मार्ट वाच वा इयरबड प्राप्त गर्न गर्न सक्नेछन्। यो योजना टाटाको ट्रक, टिपर, बस, मिनी ट्रक, मिनी टिपर, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक जस्ता गाडीहरूको खरिदमा लागु हुने र आफूले खरिद गरेको गाडी अनुसार विभिन्न योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।
एमजी
सिट्रोन
नेपालमा सिट्रोन ब्रान्डको अधिकृत वितरक सांग्रिला मोटर्सले सिट्रोन सी ३ र सिट्रोन ईसी ३ दुवैमा चाडपर्व अफर घोषणा गरेको छ । सिट्रोन सी ३ को अफरमा चार वर्षका लागि निःशुल्क इन्धन, ४ वर्षका लागि निःशुल्क मर्मत सम्भार, १ वर्षका लागि निःशुल्क बिमा, १ वर्षका लागि निःशुल्क सडक करको सुविधा रहेको कम्पनीले जनाएको हो । यसैगरी सिट्रोन ईसी ३ अफरमा निःशुल्क व्यापक बिमा, १ वर्षका लागि निःशुल्क सडक करको अफर रहेको छ भने प्रि–बजेट मूल्य, ३५।९ लाख रुपैयाँमा रहेको कम्पनीले जनाएको छ ।
होन्डा
ग्राहकहरूलाई सजिलो फाइनान्सको सुविधा दिनको निम्ति होन्डाको कार खरिद गर्दा आकर्षक ब्याजदर का साथ २० प्रतिशतसम्मको डाउन पेमेन्ट उपलब्ध गराइरहेको पनि कम्पनीले जनाएको छ ।
आइसर
कर्मसियल भेहिकलमा विगत ४० वर्षदेखि नेपालको व्यावसायिक सवारीको क्षेत्रमा रुचाइएको भेहिकल आइसरले दशैंतिहार र छठ पर्वलाई लक्षित गर्दै ‘दशैंको हर्ष, आइसरको वर्ष अफर’ योजना ल्याएको छ । यस याेजनाअन्तर्गत ग्राहकहरूका लागि आइसरका कुनै पनि स्कुल बस, कमर्सियल बस, ट्रकको खरिदमा ७० प्रतिशतसम्मको सरल फाइनान्स, २५ लाखसम्मको इन्स्योरेन्स तथा एक्सचेन्जको सुविधा रहेकाे छ ।
गाडी सञ्चालक, चालक, शिक्षण संस्था, निर्माण कम्पनी आदिलाई लक्षित गर्दै योजना अन्तर्गत चालकहरूको लागि बीमा (चालक/मालिक), शून्य सेवा लागत, (गाडी सञ्चालकहरू) तथा टुर प्याकेज (निर्माण कम्पनीहरूका लागि),ल्यापटप, प्रोजेक्टर (शिक्षण संस्थाका लागि) योजनामा समावेश गरिएका छन् । यो योजना यही असोज १ गते देखि नेपाल अधिराज्यभर लागू हुनेछ ।


































