काठमाडौं। लक्ष्मी ई-मोबिलिटी प्रा.लि र जीओ अटोमोबाइल प्रा. लिले नयाँ वर्षको अवसरमा केयी एक्सचेन्ज क्याम्पको घोषणा गरेको छ । ग्राहकलाई सहज र उत्कृष्ट मूल्यमा आफ्नो सवारी अपग्रेड गर्ने सुविधान प्रदान गर्नका लागि कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
एक्सचेन्ज कार्निभल देशभर रहेका केयी गाडीहरूको स्वरुममा चैत २७ गतेदेखि २९ गतेसम्म गर्न लागिएको कम्पनीले जनाएको छ । जहाँ आफ्ना पुराना सवारीसाधनहरू साटेर केयी मोडलका नयाँ गाडीहरू खरिद गर्न सकिनेछ ।
काठमाडौंमा भने थापाथलीमा रहेको केयी स्वरुप नजिकै बिहान १० बजेदेखि साँझ ६ बजेसम्म कार्यक्रम सञ्चालन हुने बताइएको छ । जहाँ गाडी साटफेरबाहेक लाइभ फुडस्टल, मनोरञ्जनात्मक गतिविधिहरू समेत सञ्चालन हुने बताइएको छ ।
यो योजनाअन्तर्गत् ग्राहकहरूले नयाँ वर्ष विशेष नगद फाइदा, आकर्षक एक्सचेन्ज बोनस, उत्कृष्ट सवारी मूल्यांकन, फाइनान्सिङ सुविधा, अटो बीमा, ७ किलोवाटको चार्ज सुविधा र प्रत्येक बुकिङमा जोडीका लागि दुसित थानी धुलिखेलमा एक रातको नि:शुल्क प्याकेज राखिएको बताइएको छ।


































