National life

नाडाको साधारण सभा सम्पन्न, करण चौधरीको नेतृत्वमा केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ पुस २०८०, शनिबार
522Shares
नाडाको साधारण सभा सम्पन्न, करण चौधरीको नेतृत्वमा केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन
ncell

काठमाडौं। नेपालका अटो व्यवसायीहरुको साझा संगठन नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको ४७ औं साधारण सभा सम्पन्न भएको छ। नाडाको ४७ औं साधारण सभा आज काठमाडौंमा सम्पन्न भएको हो ।

व्यवसायी करण चोधरीको नेतृत्वमा नाडाको केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४७ ओं वार्षिक साधारण सभाले नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अध्यक्ष करण चौधरीसहित १७ जना केन्द्रीय समिति सदस्यमा राजनबाबु श्रेष्ठ, सुरेन्द्र कुमार उप्रेती, निराकार श्रेष्ठ, आकाश गोल्छा, सुनिल रिजाल, मिलनबाबु मल्ल सर्वसम्मत चयन भएका छन् ।यसैगरी, दीपेन्द्र कुमार मिश्रा, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंघानिया, नवराज भुसाल, प्रदीपमान प्रधान, सञ्‍जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ, प्रकाश कपुरी पनि सर्वसम्मत भएका छन् ।

नाडाको संस्थागत तर्फबाट मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका संजयकुमार श्रेष्ठ, जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट तेजनारायण साह, चितवन अटोमोबाइल्स एसोसिएसनको तर्फबाट कुलबहादुर क्षेत्री, पश्‍चिमाञ्‍चल अटोमोबाइल्स डिलर्स एसोसिएसन तर्फबाट कृष्णप्रसाद श्रेष्ठ चयन भएका छन्।

त्यस्तै लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट गणेश प्रसाद भट्टराई, कर्णाली अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट भद्र भण्डारी र सुदूरपश्‍चिम अटोमोबाइल्स डिलर्स एसोसिएउसनको तर्फबाट पुष्कर राज ओझा निर्विरोध निर्वाचित भएका छन्।

 

यो समाचार शेयर गर्नुहोस्
522SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?