National life

नाडाद्वारा प्रस्तुत ‘वाडा अटो शो २०२६’ मा बजाज चेतक ईभीको पोखरामा भव्य डेब्यु

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|११ चैत २०८२, बुधबार
1.2kShares
नाडाद्वारा प्रस्तुत ‘वाडा अटो शो २०२६’ मा बजाज चेतक ईभीको पोखरामा भव्य डेब्यु
ncell

काठमाडौं। नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. सँगको सहकार्यमा बजाज अटो लिमिटेडले ‘वाडा ९ध्ब्म्ब्० अटो शो’ को दोस्रो संस्करणमा नयाँ इलेक्ट्रिक चेतक ३५०१ प्रदर्शन गर्ने घोषणा गरेको छ। यो प्रदर्शनी पोखराको लेकसाइडस्थित तालबाराही चोकमा चैत ११ गतेदेखि १५ गते सम्म आयोजना भइरहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गण्डकी प्रदेशकै प्रमुख अटोमोबाइल प्रदर्शनीको रूपमा रहेको वाडा अटो शोले पोखरेलीहरूलाई चेतक ईभीको प्रत्यक्ष अनुभव लिने सुनौलो अवसर प्रदान गर्नेछ। स्टल नम्बर ऋ ३२ मा अवस्थित बजाजको यस प्रदर्शनीले चेतकको ऐतिहासिक विरासत र आधुनिक इलेक्ट्रिक प्रविधिको उत्कृष्ट सङ्गमलाई प्रस्तुत गर्नेछ।

आगन्तुकहरूले चेतक ३५०१ लाई नजिकबाट नियाल्न पाउनुका साथै यसको मजबुत मेटल बडी, स्मार्ट त्ँत् डिस्प्ले र नेपालको विविध भौगोलिक अवस्था सुहाउँदो सुरक्षा विशेषताहरूको प्रत्यक्ष जानकारी लिन सक्नेछन्। सहभागीहरूले लेकसाइडको सुन्दर रुटमा टेस्ट राइडका लागि दर्ता गर्न सक्नेछन् र प्रदर्शनीस्थलमै बुकिङ गर्दा उपलब्ध हुने विशेष ’अन–द–स्पट’ अफरहरूको लाभ समेत लिन सक्नेछन्। दिगो यातायातलाई विस्तार गर्ने बजाजको अभियानमा पोखराको यो प्रदर्शनी एक महत्वपूर्ण कोशेढुङ्गा साबित हुने विश्वास लिइएको छ।

यस अवसरमा बोल्दै गोल्छा ग्रुपका निर्देशक श्री अभिमन्यु गोल्छाले भन्नुभयो, “पोखरा सधैं परम्परा र प्रकृति दुवैलाई आत्मसाथ गर्ने सहरको रूपमा परिचित छ। वाडा अटो शोमा चेतक ३५०१ ल्याउनु भनेको यस सुन्दर सहरका लागि सुहाउँदो शान्त, प्रभावकारी र प्रतिष्ठित सवारी साधन उपलब्ध गराउनु हो। गण्डकी प्रदेशका बासिन्दाहरूले चेतक ईभीले कसरी आफ्नो गौरवमय विरासतलाई आधुनिक प्रविधिसँग जोडेको छ भन्ने अनुभव गर्न पाउने कुरामा हामी निकै उत्साहित छौं।“

उत्कृष्ट निर्माण गुणस्तर, आकर्षक डिजाइन र टिकाउपनको साथ बजाज चेतक ३५०१ वाडा अटो शो २०२६ को मुख्य आकर्षण बन्ने निश्चित छ। ईभी प्रेमी, दैनिक यात्री र परिवारहरूलाई स्टल नम्बर ऋ३२ मा भ्रमण गरी यसको प्रत्यक्ष अनुभव लिन हार्दिक निमन्त्रणा गरिन्छ।

बजाज चेतकको बारेमाः

बजाज चेतक इलेक्ट्रिक दुईपाङ्ग्रे खण्डमा एक अग्रगामी नाम हो, जसले आफ्नो ऐतिहासिक विरासतलाई स्थायित्व, शैली र स्मार्ट कनेक्टिभिटीसँग जोडेको छ। क्लासिक डिजाइन र आधुनिक कार्यक्षमताको सङ्गम रहेको यो स्कुटर नेपाली बजारमा सबैभन्दा भरपर्दो इलेक्ट्रिक स्कुटरहरूमध्ये एकको रूपमा स्थापित छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?