National life
cg eloctronics

नाडा शोको स्टलमा देखियो जनकपुरधाम,वुलिंगको स्टलमा बुकिंग गर्ने ग्राहकको भिड

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|३० भदौ २०८०, शनिबार
817Shares
नाडा शोको स्टलमा देखियो जनकपुरधाम,वुलिंगको स्टलमा बुकिंग गर्ने ग्राहकको  भिड
muktinatha bikash bank

काठमाडौं। नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले नाडा शो मा फरक शैलीमा स्टल राखेर आउने ग्राहलाई Buy one get one facility उपलब्ध गराउदै आइरहेको छ | Buy one get one facility अन्तर्गत ३०० कि मि वुलिंग किन्ने ग्राहकले थाइल्याण्ड भिजिट अवसर पाउनेछन भने ग्राहकले वुलिंग को स्टल बाट त्यही बसेर फाइनान्सको सुबिधा , गाडी एस्क्चेंजको सुबिधा पाउने छन् |

नाडा अटोशोमा रहेको वुलिगको स्टलमा राखिएको तस्बिर प्रदशनीमा देशको सस्कृतिको जगेर्ना गर्ने र देशमा आन्तरिक तथा बाह्रय पर्यटन प्रबर्द्धन होस् भनेर कम्पनीले तस्बिर प्रदशनीमा राखेको छ। जसमा जनकपुरधाम , कुमारी ,स्वयम्भु , बसन्तपुर दरवार , डमरु इत्यादि सम्पूर्ण कुरा समाबेश गरिएको छ |

3 ad - 1
3 ad - 2
3 ad - 3

२०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर ईभी उपलब्ध छ । यसको मूल्य क्रमशः २०लाख ९९ हजार र २६ लाख ९९ हजार रुपैयाँ छ नाडा शोमा वुलिंग को स्टलमा बुकिंग गर्ने ग्राहक को भिड छ भने अहिले सम्म ५१ ओटा बुकिंग भैसकेको छ ।

नाडा शो १२ देखि १७ सेप्टेम्बर २०२३ सम्म भ्रीकुटिमण्डप मा हुने छ भने आइतबार अन्तिम दिन हो र अन्तिम दिन सम्म कम्पनीले १०० ओटा बुकिंग लिने लक्ष्य बनाएको छ ।

everest bank

वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ । वुलिङ एयर ईभी चाहिं इन्डोनेसिया लगाएत बिश्वमा नै लोकप्रिय रहेको इलेक्ट्रिक कार हो ।

ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल ९जीएसईभी प्लेटफर्ममा वुलिङ एयर ईभी बनेको छ । यही प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभी समेत बनेका छन्, । वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो । सिटी ड्राइभिङका लागि उपयुक्त सो इलेक्ट्रिक कार ३० किलोवाट क्षमताको छ भने यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले ३ सय किलोमिटर सम्मको रेन्ज दिन्छ ।

अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि यसलाई चलाउन सकिन्छ ।

रिमोटबाटै संचालन गर्न सकिने, सजिलै घरमा चार्ज गर्न सकिने र १०० रुपैयाँ खर्चमा ३०० किलोमिटर चलाउन सकिने यो इलेक्ट्रिक कार चढ्दा खर्चको बचत हुने, इन्धन हाल्न नपर्ने, सर्भिस र पार्ट्स खर्च नहुने तथा वातावरण समेत स्वच्छ राख्न सहयोग पुग्ने कम्पनीको भनाइ छ । बज्र ग्रुप 31 बर्ष पुरानो ब्यापारीक घरना हो ।

कम्पनीले नेपाली बजारमा छिटै अर्कों नया मोडेल Wuling BINGO four door EV पनि नेपालि बजारमा लन्च गर्ने तयारी गरेको कुरा कम्पनी का एसिस्टेन्ट जेनेरल म्यानेजर एन के शरद ले जानकारी गराउनु भयो ।

यो wuling air ev कार खरिद गर्ने ग्राहकलाई नेपाल भरी उपलब्ध गराउने सुबिधा छ । काठमाडौको नक्साल, भैसेपाटी, भक्तपुरमा आधिकारिक शोरुमबाट बिक्री भैरहेको छ | नेपाल भरी रहेको ५१ भन्दा बढि नेपाल बिधुत प्राधिकरण को चार्जिङ्ग स्टेसन बाट सजिलै छिटो चार्ज गर्न मिल्नेछ । यो इन्डोनेसियाबाट आयात गरेको सन्सार को बलियो सिटि कार हो ।

https://aarthikvoice.com/archives/12675

यो समाचार शेयर गर्नुहोस्
817SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?