National life

निसानले ल्यायो ‘निसान फेस्टिभ ड्राइभ’, गाडी खरिद गर्दा ८ लाखसम्म छुट

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२४ भदौ २०८०, आइतबार
692Shares
निसानले ल्यायो ‘निसान फेस्टिभ ड्राइभ’, गाडी खरिद गर्दा ८ लाखसम्म छुट
ncell

काठमाडौं । निसान गाडीको आधिकारिक वितरक कम्पनि पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ ड्राइभ’ को विशेष छुटको योजना ल्याएको छ ।

यो योजना निसानका सबै गाडीहरू— निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स–ट्रायलमा लागू हुनेछ ।

पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारडाका अनुसार, ‘भदौ २६ देखि ३१ सम्म सञ्चालन हुने पन्ध्रौँ नाडा अटो सो २०२३ तथा सँगै आउने चाडपर्वको उत्सवमय अवसरमा यो विशेष छुटको योजना ल्याइएको हो । यो योजना नाडा अटो सो सकिएपछि पनि चाडपर्वको अवधिभरी लागू हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
‘निसान फेस्टिभ ड्राइभ’ योजना अन्तर्गत ग्राहकहरूले ‘नाडा अटो सो’मा निसान गाडी बुकिङ गर्दा विभिन्न सुविधा पाउँनेछन् । निस्शुल्क गाडी व्यापक बीमा (इन्स्योरेन्स), निस्शुल्क ३ बर्षको सडक कर (रोड ट्याक्स), निस्शुल्क ३ बर्षको सर्भिसिङ, ३ बर्षको वारेन्टि र १३ लाखसम्म बचत हुने फाइदाबाट ग्राहकहरू लाभान्वित हुन सक्नेछन् ।’

यो योजना अवधिभर विभिन्न मोडलका गाडीहरू उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिनेछ । यी सुविधाहरूमा सर्तहरू लागू हुनेछन् । यस योजना अवधिभर दिइने विभिन्न निःशुल्क सुविधाहरूले चाडपर्वको समयलाई थप उत्सवमय बनाउने छ । पायोनियर मोटो कर्प—सम्पूर्ण ग्राहकहरूलाई नाडा अटो सो २०२३ मा सहभागी भई वा आफ्ना नजिकको निसान सोरुममा सम्पर्क गरी यो नयाँ योजनाका छुट तथा सुविधाहरू प्राप्त गर्न कम्पनीले अनुरोध गरेको छ ।

पायोनियर मोटो कर्प प्राइभेट नेपालको लागि निसान गाडीको एकमात्र आधिकारिक वितरक हो । कम्पनीले निसानको सम्पूर्ण मोडलको गाडीका लागि बिक्री, सर्भिसिङ र पार्टपुर्जा, सुविधा उपलब्ध गराउँदै आएको छ ।

निसान मोटर कम्पनी, वा निसान, जापानको योकोहामाको निशी-कुमा मुख्यालय रहेको बहुराष्ट्रिय अटोमोबाइल (गाडी) निर्माता हो । कम्पनीले निसान र इन्फिनिटि ब्रान्डका कारहरू निस्मो नामक इन-हाउस पर्फमेन्स ट्युनिङ उत्पादनहरू अन्तर्गत बिक्री गर्दछ ।

यो समाचार शेयर गर्नुहोस्
692SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?