National life

निसान र होण्डा मर्जर हुुदै, विश्वको अटो इण्डष्ट्रीमा तेस्रो ठूलो कम्पनी बन्ने पक्का

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ पुस २०८१, मङ्गलबार
458Shares
निसान र होण्डा मर्जर हुुदै, विश्वको अटो इण्डष्ट्रीमा तेस्रो ठूलो कम्पनी बन्ने पक्का
ncell

काठमाडौँ । निसान र होण्डा कम्पनी एकापसमा गाभिने भएका छन्। चिनियाँ कम्पनीका गाडीसँग प्रतिस्पर्धा गर्नका लागि यी दुई जापानीज कम्पनी एक आपसमा गाभिने भएका हुन् ।

उक्त मर्जर प्रक्रियाका लागि दुवै कम्पनीका प्रतिनिधिले सोमबार हस्ताक्षर गरेका छन् । यदि मर्ज भएर एकीकृत कारोबार सुरु भएमा यो विश्वको अटो इण्डष्ट्रीमा तेस्रो ठूलो कम्पनी बन्ने पक्कापक्की भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हालसम्म टोयोटा नै जापानको अग्रणी गाडी निर्माता कम्पनीको रूपमा स्थापित भएको छ ।

हाल सवारी उद्योग ठूलो बदलावका साथ अगाडि बढिरहेको छ । एकातर्फ जीवाश्म इन्धनको विकल्प रोज्नुपरेको छ भने अर्कोतर्फ चिनियाँ कम्पनीका उत्पादनसँग तीव्र प्रतिस्पर्धा गर्नु परेको छ ।

निसान परिवारको एक सदस्य मित्सुबिसी मोटर्सले पनि आफ्नो व्यवसायलाई एकीकृत गर्नका लागि छलफलमा सहभागी हुन सहमति जनाएको छ । निसानका सीईओ माकोतो उचिदाले भनेका छन्( यदि हामी एकीकरणमा सफल भयौँ भने हामी ग्राहकको साथमा अझै  उत्कृष्ट बन्न सफल हुनेछौँ ।

यो समाचार शेयर गर्नुहोस्
458SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?