National life

नेपालमा नामी र भिगो ईभी महँगियो, कुन मोडल कति पुग्यो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२० वैशाख २०८३, आइतबार
1.1kShares
नेपालमा नामी र भिगो ईभी महँगियो, कुन मोडल कति पुग्यो ?
ncell

काठमाडौं । नेपालका लागि एमएडब्लु वृद्धि मोटर्सले डोङफेङ नामी र भिगो ईभी मोडलहरूको मूल्य समायोजन गरेको छ। कम्पनीले बैशाखदेखि लागू हुने गरी दुवै इलेक्ट्रिक गाडीको मूल्य बढाएको हो।

नयाँ मूल्य सूचीअनुसार डोङफेङ नामी ०१ (ई३ भेरियन्ट) को मूल्य ३६ लाख २५ हजार रुपैयाँ पुगेको छ, जुन पहिले ३४ लाख ७९ हजार रुपैयाँ थियो। यस मोडलको डुअल टोन र सिल्भर कलरका लागि थप ५० हजार रुपैयाँ तिर्नुपर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सन् २०२४ अगस्ट २२ मा पहिलो पटक सार्वजनिक गरिएको नामी ०१ ले नेपाली बजारमा राम्रो माग पाएको छ। आकर्षक डिजाइन, प्रिमियम फिचर र प्रतिस्पर्धी मूल्यका कारण यसलाई ह्याचब्याक सेग्मेन्टमा प्रभावशाली मोडलका रूपमा लिइन्छ।

त्यसैगरी, कम्पनीले भिगो ईभीको मूल्य पनि वृद्धि गरेको छ। भिगो ई२ को मूल्य ४० लाख ९९ हजार रुपैयाँ र ई२ प्लसको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ। यसअघि यी मोडलहरू क्रमशः ३८ लाख ९९ हजार र ४१ लाख ९९ हजार रुपैयाँमा उपलब्ध थिए।

नामी भिगोमा ९९ किलोवाट मोटर, दुई ब्याट्री विकल्प र फास्ट चार्जिङ सुविधा उपलब्ध छ, जसले छोटो समयमा नै लामो दूरी तय गर्न सक्षम बनाउँछ। साथै, आधुनिक इन्टेरियर डिजाइन, ठूलो टचस्क्रिन, आरामदायी सिट र उन्नत सुरक्षा फिचरहरूले यसलाई प्रिमियम ईभी अनुभव दिने मोडल बनाएको कम्पनीको दाबी छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?