National life

नेपालमा निर्मित हुन्डाई भेन्युको मूल्य सार्वजनिक, ६.९९ प्रतिशत फाइनान्सको सुविधा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० असार २०८१, सोमबार
484Shares
नेपालमा निर्मित हुन्डाई भेन्युको मूल्य सार्वजनिक, ६.९९ प्रतिशत फाइनान्सको सुविधा
ncell

काठमाडौं । नेपालमा बनेको हुन्डाई भेन्युको मूल्य सार्वजनिक भएको छ । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट बिक्री वितरण सुरु गरेको हो।

नेपालमा नै हुन्डाई भेन्यूको व्यावसायिक उत्पादन गरिएको कुरालाई ध्यानमा राखी हुन्डाई नेपालस् मेड फर योर जोर्नी ग्राहकमुखी योजना ल्याएको छ । यस योजनामा हुन्डाई भेन्यू खरिद गर्दा ६.९९ प्रतिशत फाइनान्सीङ्गको व्यवस्था, १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी रहने कम्पनीको भनाई रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

स्वदेशमा नै उत्पादन गरी देशको औद्योगीकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गृहस्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा भेन्यू मोडल उत्पादन सुरु गरेको र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरू हुन्डाई मोटर कम्पनी, कोरिया वा इन्डियामा बन्ने सोही मोडलका गाडीहरू सरह कै हुने कम्पनीले दाबी गरेको छ ।

हाल बिक्री वितरण सुरु भएको मेड इन नेपाल हुन्डाई भेन्यू1.2 (S) को मूल्य 44,96,000 र भेन्यू 1.2 (SX) को मूल्य 53,56,000 कायम गरिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
484SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?