National life

नेपालमा बहुप्रतिक्षित येज्दी मोटरसाइकल सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१८ वैशाख २०८०, सोमबार
1.9kShares
नेपालमा बहुप्रतिक्षित येज्दी मोटरसाइकल सार्वजनिक
ncell

काठमाडौं । अग्नि समूहको सहायक कम्पनी र क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि मोटोइन्क प्रालिले नेपालमा बहुप्रतिक्षित येज्दी मोटरसाइकल सार्वजनिक गरेको छ ।

मोटरसाइकल चालकहहरूको भावनालाई कदर गर्दै क्लासिक लिजेन्ड्सले अत्याधुनिक टेक्नोलोजी र डिजाइनको प्रयोग गरेर येज्दी ब्रान्डलाई पुनर्जीवित गरी आइतबार नेपाली बजारमा सार्वजनिक गरिएको कम्पनीले बताएको छ ।

येज्दी मोटरसाइकल भारतीय मोटरसाइकल उद्योगमा एक प्रतिष्ठित नाम हो । १९७० दशक देखि यो मोटरसाइकल आफ्नो बेजोड प्रदर्शनको लागि परिचित छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीका अनुसार येज्दी मोटरसाइकल तीन मोडेलमा उपलब्ध हुनेछन् । रोडस्टर, स्क्र्याम्बलर र एडभेन्चर, प्रत्येकलाई विभिन्न सवारी प्राथमिकताहरू र जीवनशैलीहरू पुरा गर्न डिजाइन गरिएको छ । साथै सबै मोडलहरू शक्तिशाली ३३४ सीसी, सिंगल सिलिन्डर, ४–स्ट्रोक, लिक्विड–कूल्ड, डीओएचसी इन्जिनले सुसज्जित छन् । जसले रोमाञ्चक सवारीको अनुभूति प्रदान गर्दछ ।

येज्दी मोटरसाइकलको मूल्य ९.१६ लाख रुपैयाँदेखि ९.९८ लाख रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?