National life

नेपाली बजारमा भित्रियो आइचर्सको इन्जिन आयल, कस्तो छ विशेषता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ फागुन २०८०, बुधबार
458Shares
नेपाली बजारमा भित्रियो आइचर्सको इन्जिन आयल, कस्तो छ विशेषता ?
ncell

काठमाडौं । नेपालका लागि आइचर कमर्सियल भेहिकल्सको एक मात्र आधिकारिक वितरक बतास एम.ए.डब्लु. कमर्सिअल भेईकल प्रा.लि.ले आइचर्सको इन्जिन आयल नेपाल भित्र्याएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

टंगालस्थित बतास एम.ए.डब्लु. प्रा.लि.को मुख्य कार्यालयमा आयोजित एक समारोहमा कम्पनीका प्रमुख प्रबन्धनिर्देशक शान्तराज बतासले आइचर्सको इन्जिन आयल भित्र्याएको जानकारी दिएका छन्।

प्रबन्ध निर्देशक बतासले आइचर्स इन्जिन आयल र स्पेयर पार्ट्ससहित व्यवसायीका लागि कम्प्लिट सोलुसन उपलब्ध गराउने उद्देश्यका साथ नेपालमा बजार विस्तार गरेको बताए। सबै व्यवसायीका साथमा रहेर गुणस्तरीय इन्जिन आयल र स्पेयर पार्ट्स समेत उपलब्ध गराउन बतास एम.ए.डब्लु. प्रतिबद्ध रहेको उनको भनाइ थियो।

गुणस्तरीय इन्जिन आयल प्रयोग गर्न पाउनु ग्राहकको अधिकार भएको प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले बताए। आइचर कम्पनीद्वारा उत्पादित इन्जिन आयल, ट्रान्समिसनआयल, इन्डष्ट्रियल आयल, आदि नेपाली बजारमा उपलब्ध हुनेछन्।

भोल्भो र आइचरको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नवीन प्रविधिका उत्पादनहरू उत्पादन गर्दै आएका कारण नेपालसहित विश्वबजारमा आइशर ग्राहकको पहिले रोजाइ बन्दै आइरहेको छ। विगत ४० वर्षदेखि आइचर बतास एमएडब्लूले आधिकारिक रूपमा बिक्री वितरण गर्दै आइरहेको छ। आइचर ल्युब फोर ह्विलर, कमर्सियल, हेभी इक्विपमेन्ट आदि सबै सवारी साधनमा सो इन्जिन आयल प्रयोग गर्न सकिने जनाइएको छ।

यो समाचार शेयर गर्नुहोस्
458SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?