National life

पानीजहाजको ठक्करबाट बाल्टिमोरको पुल भाँचियो, मानवीय क्षतिको आशङ्का

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ चैत २०८०, मङ्गलबार
648Shares
पानीजहाजको ठक्करबाट बाल्टिमोरको पुल भाँचियो, मानवीय क्षतिको आशङ्का
ncell

काठमाडौं । अमेरिकाको बाल्टिमोरमा पानीजहाजले पछिल्लो भागले ठक्कर दिएपछि एउटा पुल नदीमा खसेको छ।

जहाजको ठक्करबाट साढे दुई किलोमिटर लामो फ्रान्सिस स्कट पुलको आधा भाग नदीमा खसेको समाचार संस्था रोयटर्सले जनाएको छ। पुलसँगै केही गाडी पनि नदीमा खसेकाले केही व्यक्ति हराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियोमा एउटा जहाजले ठक्कर दिएपछि पुलको ठूलो भाग एक्कासी नदीमा खसेको देखिन्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बाल्टिमोर शहरको अग्नि विभागले यो दुर्घटनालाई ठूलो हताहतको घटनाको रूपमा बर्णन गरेको छ।

समाचार संस्था एपीले थुप्रै गाडी नदीमा खसेकाले मानवीय क्षति हुन सक्ने उल्लेख गरेको छ। अहिले अमेरिकी तटरक्षक र मेरिल्याण्ड राज्यका बहु–एजेन्सीले उद्धार अभियान चलाइरहेका छन् । सिँगापुरको झण्डा अंकित यो जहाज श्रीलंकाको कोलम्बो जाँदै गरेको एजेन्सीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
648SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?