काठमाडौँ। काठमाडौंको युएन पार्क छेउबाट बेवारिसे अवस्थामा राखिएको गाडी बरामद गरिएको छ ।
बा १७ च ११३८ नम्बरको गाडी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बेवारिसे अवस्थामा बरामद गरेको जानकारी दिएको छ।
बरामद गरिएको उक्त गाडी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाएको छ ।


































