National life

भृकुटीमण्डपमा आधुनिक प्रदर्शनी हल निर्माण गर्ने अर्थमन्त्री पौडेलको प्रतिबद्धता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ साउन २०८२, बुधबार
754Shares
भृकुटीमण्डपमा आधुनिक प्रदर्शनी हल निर्माण गर्ने अर्थमन्त्री पौडेलको प्रतिबद्धता
ncell

काठमाडौँ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी तीन वर्षभित्र काठमाडौँको भृकुटीमण्डपमा अन्तर्राष्ट्रियकरण आधुनिक प्रदर्शनी हल निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

आज, नेपाल अटो मोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले बुधवार आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ को उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

हाल प्रदर्शनी आयोजना गर्दा निजी क्षेत्रले भोग्नुपरेको कठिनाइ सरकारले बुझेको भन्दै यस किसिमको हैरानीको अन्त्य गर्ने बताएका छन् ।   ‘एउटा इभेन्ट्स आयोजना गर्नका निम्ति आयोजक संस्थालाई पसिना पुछ्ने स्थिति आउँछ,’ उनले भने, चालू आर्थिक वर्षको बजेटमा भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल बनाउने कुरालाई उच्च महत्वका साथ समावेश गरेको छ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले ढिलोमा तीन वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम अघि बढिसकेको जानकारी दिए। ‘सके दुई वर्षभित्र, नभए पनि तीन वर्षभित्र यो भृकुटीमण्डपमा आधुनिक र अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण भइसक्नेछ,’ मन्त्री पौडेलले भने

साथै, अर्थमन्त्री पौडेलले मोबिलिटी क्षेत्रलाई थप व्यवस्थित बनाउनका लागि सरकारले निरन्तर काम गरिरहेको बताएका छन्। उनले सरकारले सडक निर्माण गर्दा गुणस्तरमा पनि जोड दिइरहेको बताउँदै चालु आर्थिक वर्षको बजेटमा नै पनि सडकको गुणस्तर सुनिश्चित गर्ने उल्लेख गरिएको बताए।

यो समाचार शेयर गर्नुहोस्
754SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?