National life

मोरङ अटोले नेपालमा भित्रायो यामाहाको रे जेडआर हाइब्रिड स्कुटर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० पुस २०८०, मङ्गलबार
614Shares
मोरङ अटोले नेपालमा भित्रायो यामाहाको रे जेडआर हाइब्रिड स्कुटर
ncell

काठमाडौं । मोरङ अटो वर्क्सले यामाहा मोटरद्वारा उत्पादित रे–जेडआर १२५ एफआई स्ट्रिट र्‍याली हाइब्रिड स्कुटर सार्वजनिक गरेको छ।

स्टाइलिश स्कुटरमा हाई स्पिड परफर्मेन्श खोज्ने पारखीहरुलाई लक्षित गर्दै यामाहाले नेपालको बजारमा समेत १२५ सिसि इन्जिन क्षमताको स्कुटरको अपडेटेड भर्जन सार्वजनिक गरेको हो

स्कुटरमा यामाहा मोटरको विशेष पहिचान बनेको एयर कूल्ड, फ्युल इन्जेक्टेड (एफाई) १२५ सीसी ब्लू कोर इन्जिन जडान गरिएको छ। यो प्रविधिले इन्धनको खपत घटाउने र स्कुटरको क्षमता बढाउनेछ। यो स्कूटरमा जडान गरिएको स्वचालित स्टप र स्टार्ट प्रणालीले बजारमा उपलब्ध १२५ सिसि क्षमताको अरु स्कुटर भन्दा फरक उभ्याउने कम्पनीले दाबी गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसमा जडान गरिएको स्मार्ट मोटर जेनेरेटर (एसएमजी) ले इलेक्ट्रिक स्टार्टर बिना नै सहजै इन्जिन स्टार्ट गरिदिन्छ। यो स्कुटरमा जडिट स्टाइलिश लुक सहितको शक्तिशाली उज्यालो बत्ती र राइडर स्क्रिनमा उपलब्ध डिजिटल मेनुले उत्कृष्ट सवारीको मज्जा दिनेछ।

स्कूटरमा त्रुटिरहित सवारी नियन्त्रण, सुरक्षा र आरामको लागि टेलिस्कोपिक सस्पेन्सन र युबिएसजडित फ्रन्ट डिस्क ब्रेक दिइएको छ । यो स्कुटरमा चालकको सिट मुनी २१ लिटर भण्डारण क्षमताको खाली ठाउँ उपलब्ध छ।

यो समाचार शेयर गर्नुहोस्
614SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?