National life

राइड सेयरिङ एप इन्ड्राइभको औपचारिक सञ्चालन घोषणा,१० प्रतिशत कमिसन काटिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ वैशाख २०८१, सोमबार
528Shares
राइड सेयरिङ एप इन्ड्राइभको औपचारिक सञ्चालन घोषणा,१० प्रतिशत कमिसन काटिने
ncell

काठमाडौं । राइड सेयरिङ एप इन्ड्राइभ नेपालमा औपचारिक रुपमा सञ्चालनमा आएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले नेपालमा कानुनअनुसार दर्ता भएर सेवा सुरु गरेको घोषणा गरेको छ ।

यसअघि, राइडरहरुबाट कमिसन नलिएर सञ्चालनमा रहेको इन्ड्राइभले अब भने कमिसन लिने भएको छ । कम्पनीले अन्य राइड हेलिङ कम्पनीको तुलनामा कम १० प्रतिशत मात्रै कमिसन लिने बताएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो शुल्क करसहित भएको र राइडरबाट १० प्रतिशतबाहेक थप रकम नलिने कम्पनीको भनाइ छ ।

कम्पनीले आजै भुक्तानी सेवा प्रदायक आईएमई पेसँग सहकार्य गर्ने घोषणा गरेको छ ।

इन्ड्राइभले हाल यो सेवा काठमाडौं, पोखरा, भरतपुर उपलब्ध हुने र आगामी दिनमा अन्य सहरमा पनि सेवा बिस्तार गर्दै जाने कम्पनीको भनाइ छ ।

यो समाचार शेयर गर्नुहोस्
528SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?