National life

सि.जि. मोटर्सद्वारा काठमाडौंमा नयाँ एयोन वाईको फ्ल्यागशिप शोरुम उद्घाटन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० जेठ २०८१, बिहिबार
492Shares
सि.जि. मोटर्सद्वारा काठमाडौंमा नयाँ एयोन वाईको फ्ल्यागशिप शोरुम उद्घाटन
ncell

काठमाडौं । थापाथलीमा आयन ब्रान्डको ‘आइकोनिक शोरुम’ शुभारम्भ गरिएको छ ।

कम्पनीले गाडी बिक्री सुरु गरेको झण्डै दुई महिनापछि एवोनको डेडिकेटेड शोरुम संचालनमा ल्याएको हो ।

कम्पनीले नयाँ शोरुमा एक कार्यक्रम आयोजना गरी शोरुम सार्वजनिक गरेको हो । चिनियाँ राजदूत छन् सोङ् ई, सिजी ग्रुपका चेयरम्यान विनोद चौधरी र निर्वाण चौधरीको संयुक्त उपस्थितिमा शोरुम उद्घाटन गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शोरुम उद्घाटन गर्दै सिजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले वुद्ध जयन्तीको अवसर पारेर शोरुम सुरु गर्न पाउँदा आफु उत्साहित रहेको बताए ।

उनले भने, ‘चीनमा निकै सफल जीएसी कम्पनीको विद्युतीय गाडीमा तेस्रो नम्बरमा छ । हामीले आयोन लिएर नेपाल बेच्न पाउँदा खुसी छौँ । यो शोरुम अत्याधुनिक छ । यहाँबाट हामीले आयोनको बिक्री वितरणको शुरुवात गरेका हौं ।’

शोरुम उद्घाटनसँगै चौधरीले एवोन हाइपर एचटी पनि देखाएको छ । अहिले देखाइएको हाइपर एचटी कार लेफ्ट ह्याण्ड ड्राइभ हो । चाँडै राइट ह्याण्ड ड्राइभमा आउने र नेपालमा बिक्री सुरु गर्ने एमडी चौधरीले बताए ।

यस्तो छ एयोन वाईको बिशेषता

चीनमा मात्र नभई विश्वभर नै धेरैले मन पराएका एस. यु.भीको नेपालमा पनि विक्री वितरण सरु भइसकेको छ । आधनिक, सरुक्षित र आरामदायी अनुभवको संयोजन रहेको एयोन वाईमा १०० किलोवाट मोटर रहेको छ, जसले २२५ एन·एम को अधिकतम टर्क दिन्छ।

यसको लिथियम - आयरन फस्फेट ब्याट्रीको क्षमता ६१.४ पध्ज छ, जसमा ६.६ किलोवाट चार्जरको र्ज पनि सविुधा छ। एक फुल चार्जमा यस ई.भीले ५०० किमी भन्दा बढीको रेञ्ज प्रदान गर्दछ र यसमा म्यागजिन ब्याट्री पनि रहेको छ।

एयोन वाईको अगाडि र पछाडि, दवुैचक्कामा डिस्क ब्रेक छ र यसको ग्राउन्ड क्लियरेन्स १८३ मि.मि. छ। एयोन वाईमा १७” एल्यमिु नियम आलोय पाङ्ग्राहरू, एल.ई.डी. डेटाइम रनिङ लाइटहरू, फोल्डिङ साइड मिररहरू, र पानीको सेन्सर भएको वाइपरहरू सहितको विभिन्न सविुधाहरू छन। यसमा पानोरमिक सनरूफ, एम्बिएन्ट लाइटिङ, र ४०५ लिटरको विशाल बटू पनि छ जसलाई १२०० लिटर सम्म बढाउन सकिन्छ।

एयोन वाईमा सरुक्षालाई विषशे ध्यान पर्याईएको छ। गाडीमा ८ वटा एयरब्याग, अगाडिका साइड एयरब्यागहरू, साइड कर्टेन एयरब्याग, र अटो होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक पाउन सकिन्छ। गाडिमा १०.२५ इन्च इन्स्ट्रुमेन्ट प्यानल, मल्टि इन्फर्मेसन डिस्प्ले, र १४.६ इन्च टच स्क्रिन डिस्प्ले रहेको छ। यसबाहेक, एच.डी. भिजन पार्किङ सिस्टम, कि लेस इन्ट्री, र ३६० डिग्री एच.डी. भ्यू क्यामेरा सिस्टम अन्य थुप्रै सविुधाहरू हुन्छन।

हाल नेपालभर १२० भन्दा धेरैस्थान हरुमा चार्जिङर्जि सेवा दिदैआइरहेको र थप ५० ठाउँमा चार्जिङर्जि सबिुधा

उपलब्ध गराउने उल्लेख गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
492SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?