काठमाडौँ। राजश्व छलेर ल्याएका गाडी र मोटरसाइकलसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले काठमाडौँ नागार्जुन नगरपालिका–७ रामकोट घर भई काठमाडौँ कीर्तिपुर नगरपालिका–२ बस्ने २७ वर्षीय किशोर गिरी, धादिङ धुनिबेशी नगरपालिका–७ घर भई भक्तपुर सल्लाघारी बस्ने २७ वर्षीय प्रवीण गिरी र काभ्रेपलान्चोक महाभारत गाउँपालिका–२ घर भई भक्तपुर, भक्तपुर नगरपालिका–६ बस्ने ३० वर्षीय रमेश गिरीलाई पक्राउ गरेको हो ।
उनीहरूलाई गाडी तथा मोटरसाइकल भन्सार छली चोरी पैठारी गरी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीन भवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूको साथबाट १ थान गाडी र २ थान मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको प्रहरीले जानकारी दिएको छ।


































