काठमाडौँ । काठमाडौँबाट रामेछापका लागि उडेको सिता एयरको जहाजमा अचानक हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौँ फर्काएर आकस्मिक अवतरण गरिएको छ ।
आज बिहान ८ बजेर ३७ मिनेटमा रामेछापका लागि ८ जना यात्रु बोकेर उडेको उक्त जहाजमा ईन्डिकेटरमा समस्या आएको कारण पुनः काठमाडौँमा ल्याएर ८ः ५३ मिनेटमा आकस्मिक अवतरण गरिएको दिनेश कार्कीले आर्थिक भ्वाईसलाई जानकारी दिएका छन् ।
उनका अनुसार हाइड्रोलिकको मात्रै नभएर ईन्डिकेटरको सामान्य समस्या आएको कारण सुरक्षालाई मध्यनजर गर्दै जहाज पुनः काठमाडौँमा अवतरण गरिएको जानकारी दिएका छन् । उनका अनुसार जहाज रामेछाप हुँदै लुक्ला जाने तयारीमा थियो ।
सिताको ९०६ उडान नम्बरको जहाज काठमाडौँ विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । अवतरणपछि धावनमार्गमा रोकिएको जहाजलाई तानेर पार्किङसम्म पुर्याइएको थियो।


































