National life

लक्ष्मी समूहको “रिल्याक्स” स्टेसन : ईभीलाई रिचार्जसँगै मर्मत पनि

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२८ कात्तिक २०८२, शुक्रबार
1.2kShares
लक्ष्मी समूहको “रिल्याक्स” स्टेसन : ईभीलाई रिचार्जसँगै मर्मत पनि
ncell

काठमाडौँ । नेपालमा सन् १९७३ देखि व्यावसायिक गतिविधि गर्दै आएको लक्ष्मी समूह नेपालकै पुरानो र बहुआयामिक व्यवसायिक घरानामध्येको एक हो । लक्ष्मी ग्रुप्सले नेपाली बजारमा हुण्डाई, बीएमडब्लु, काइयी र एसएमएल इसुजु जस्ता विश्वविख्यात ब्रान्डहरूको बिक्रीवितरण गर्दै आएको छ । यात्रुवाहक, मालवाहक तथा अटो पार्ट्स बिक्री तथा वितरण गर्दै आएको लक्ष्मी समूहले नेपाली अटो बजारको विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ । अब यही यात्रामा फोर्थिङ ब्राण्ड पनि भित्रिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

https://www.youtube.com/watch?v=t3nGu3Hz9ds&t=6s

सन् २०२४ को मे महिनामा लक्ष्मी समूहले नेपालमा पहिलो पटक चार पांग्रे सवारीको एसेम्ब्ली प्लान्ट सुरु गर्‍यो । लक्ष्मी मोटर कर्पाेरेशनको नाम दिइएको सो प्लान्ट नवलपरासी पश्चिमको रामग्राममा अवस्थित छ । त्यहाँ हाल हुण्डाई गाडीका विभिन्न मोडल एसेम्बल गरिन्छन् । यसरी लक्ष्मी ग्रुपको त्यो अत्याधुनिक प्लान्टले नेपालमा अटोमोबाइल उद्योग क्षेत्रमा एउटा युगान्तकारी सुरुवात पनि गरेको छ ।

ईभी पूर्वाधारमा समेत अगाडि

ग्राहकको सन्तुष्टिलाई सर्वाेपरी मान्दै आएको लक्ष्मी समूहले देशका विभिन्न भूभागमा “रिल्याक्स” (Re-Lax) नामक ६३ भन्दा बढी रिचार्ज स्टेशन र रिपेयर नेटवर्क स्थापना गरिसकेको छ । यसले विद्युतीय सवारीलाई सबैको पहुँचमा लैजाने मात्र नभई ईभीलाई उपभोक्तामाझ भरपर्दो साधनका रूपमा बिस्तार गर्न पनि महत्त्वपूर्ण भूमिका खेलेको छ ।

लक्ष्मीले रिल्याक्स रिचार्ज सन्टर मुख्यतः देशका विभिन्न राष्ट्रिय राजमार्गमा आवतजावत गर्ने यात्रु तथा ईभी सवारीचालकलाई लक्षित गरी ल्याएको हो । राजमार्गका प्रमुख शहरहरूमा यस खालका चार्जिङ स्टेशनको संख्या बढेसँगै चालकमा रेन्ज एन्जाइटी हटेर जानेछ भने उसले लामो दूरीको यात्राका लागि पनि ईभी गाडी नै लिएर ढुक्कसँग निस्कन सक्ने वातावरण बन्ने देखिएको छ । यस प्रकारको आनीबानीले पेट्रोलियम पदार्थको उपभोग घटाई स्वदेशमा उत्पादित विद्युतको खपत बढाउने आशा लिइएको छ ।

https://www.youtube.com/watch?v=Kn-KuXR47y8

कोशी प्रदेशमा लक्ष्मी ग्रुपले विभिन्न शहरमा ८ वटा रिल्याक्स चार्जिङ स्टेशन स्थापना गरिसकेको छ । तीमध्ये ३ वटा स्टेशन इटहरी र २ वटा बिर्तामोडमा स्थापना गरिएका हुन् । यस्तै, विराटनगर, दमक र विराटचोकमा एक–एक वटा स्टेशन राखिएका छन् ।

मधेश प्रदेशमा भने वीरगञ्जमा २ र बर्दिबासमा १ गरी लक्ष्मी समूहले कुल ३ वटा चार्जिङ स्टेसन राखिसकेको छ ।

वाग्मती प्रदेशमा त्यस प्रकृतिका चार्जिङ स्टेसनको संख्या २० रहेको लक्ष्मी समूहले जनाएको छ । तीमध्ये ११ वटा स्टेसन काठमाडौँ उपत्यकाभित्र सञ्चालित छन् । यस्तै चितवनका विभिन्न राजमार्ग केन्द्रित शहरमा ५ वटा रिल्याक्स चार्जिङ स्टेसन स्थापना गरिएका छन् । ती बाहेक हेटौँडामा २ वटा र मूलकोट तथा धार्केमा १–१ वटा स्टेसन छन् ।

गण्डकी प्रदेशमा ६ वटा स्टेशन निर्माण गरिएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा ५ वटा चार्जिङ स्टेसन बनाएको लक्ष्मी ग्रुपले पृथ्वी राजमार्गको डुम्रे बजारमा रिपेयर सुविधासहितको चार्जिङ स्टेसन सञ्चालन गरिरहेको छ । पृथ्वी राजमार्गमै पर्ने चुम्लिङटार (चितवन) र धार्के (धादिङ) मा पनि मर्मत सुविधा सहितका रिल्याक्स चार्जिङ स्टेसन सञ्चालनमा छन् ।

यस्तै लक्ष्मीले लुम्बिनी प्रदेशका विभिन्न ८ ठाउँमा रिल्याक्स स्टेशनको स्थापना गरेको छ । उसले भैरहवा, बुटवल र नेपालगञ्जमा २–२ वटा तथा भालुवाङ र घोराहीमा १–१ वटा चार्जिङ स्टेसन खुला गरेको छ ।

सुदूरपश्चिममा धनगढीमा २ र चिसापानी १ गरी ३ स्थानमा रिचार्ज स्टेशन सञ्चालनमा छन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल मेनेजर दीपक थपलियाका अनुसार रिल्याक्स कन्सेप्टमा ‘रि’ भनेको ‘रिचार्ज’ हो भने ‘ल्याक्स’ चाहिँ लक्ष्मी समूहको अंग्रेजी नामबाट (LAX) लिइएको हो । राष्ट्रिय राजमार्ग भई गुड्ने इभी सवारीसाधनका लागि रिचार्जको मात्र नभई मर्मतको समेत सुविधा दिन सकियोस् भन्ने हेतुले रिल्याक्स स्टेसनको अवधारणा ल्याएको उनले बताए । ती रिचार्ज सेन्टरबाट चार्जिङ र वर्कसप दुवै सेवा लिन सकिने उनले जनाए । यद्यपि हाललाई वर्कसपबाट रिपेयर र पार्टस्को सुविधा केवल लक्ष्मी ग्रुप अन्तर्गतका ब्राण्डका लागि मात्रै रहेको उनको भनाइ थियो ।

लक्ष्मी ग्रुपले रिचार्ज र रिपेयरका साथसाथै फ्युल इनर्जी भेइकल पनि सञ्चालन गरिरहेको छ । चार्जिङ स्टेसनबाट टाढा एक्लो ठाउँमा गाडीको चार्ज सकिएको बेला फ्युल इनर्जी भेइकल लाभकर साबित हुने उनले बताए । फ्युल इनर्जी भेइकल यस्तो ईभी गाडी हो जसले ईभी गाडीको चार्ज जुन ठाउँमा सकिएको हो त्यहीँ पुगेर उक्त गाडीलाई चार्ज गर्ने गर्छ । लक्ष्मीले हालसम्म यस प्रकृतिका दुई वटा फ्युल इनर्जी भेइकल प्रयोग गरिरहेको छ । हाललाई राजमार्ग नजिकका होटलमा राखिएका फ्युल इनर्जी भेइकललाई बिस्तार गर्ने सोच पनि रहेको उनले आर्थिकभ्वाइससँगको कुराकानीमा सुनाए ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?