National life

ललितपुर महानगरलाई ११ थान फोटोन TM1 हस्तान्तरण : नेपालमै पहिलो पटक फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०३ वैशाख २०८३, बिहिबार
1.5kShares
ललितपुर महानगरलाई ११ थान फोटोन TM1 हस्तान्तरण : नेपालमै पहिलो पटक फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
ncell

काठमाडौं। नेपालमा फोटोन मोटरको आधिकारिक वितरक एमएडब्लू वृद्धिले देशको दिगो शहरी पूर्वाधारतर्फको यात्रामा महत्वपूर्ण उपलब्धि हासिल गर्दै कस्टमाइज गरिएका फोटोन TM1 इलेक्ट्रिक वेस्ट कलेक्सन भेहिकलका ११ युनिटहरू ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेको छ।

नेपालमा शहरी फोहोर व्यवस्थापनका लागि विद्युतीय गाडी प्रयोग गरिएको पहिलो यो पटक हो। यसले व्यावसायिक ईभीहरूले सडक र ढुवानीका अलावा अन्य क्षेत्रमा पनि योगदान दिन सक्छन् भनेर नयाँ बाटो खोलिदिएको छ। यो हस्तान्तरण केवल फ्लीट ह्याण्डओभर मात्र नभई, शहरको वास्तविक आवश्यकतालाई ध्यानमा राखी मौलिक उपायहरू विकास गर्ने फोटोनको क्षमताको बलियो उदाहरण पनि हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ललितपुर महानगरपालिकाका लागि उपलब्ध गराइएका TM1 गाडीहरू बजारमा सजिलै पाइने सामान्य गाडीहरू होइनन्। यी प्रत्येक गाडी शहरमा फोहोर संकलन गर्ने प्रयोजनका लागि विशेष रूपमा तयार गरिएका छन्। यसले नेपालभरी संस्थागत आवश्यकता अनुसार फोटोनका व्यावसायिक ईभी सोलुसन्स विकास गर्ने एमएडब्लू वृद्धिको बढ्दो दक्षतालाई पनि प्रतिबिम्बित गर्दछ।

फोटोन TM1 को प्रभाव दैनिक कार्य सञ्चालनमै देखिन थालेको छ। ललितपुर महानगरपालिकाले फोहोर संकलन टोलीलाई थप प्रभावकारी बनाउँदै तीनजनाबाट दुईजनाको दक्ष टोलीमा घटाउन सफल भएको छ, जुन यस गाडीको सहज र उपयोगी डिजाइनको प्रत्यक्ष नतिजा हो। साथै, यसले लैङ्गिक समावेशी रोजगारीलाई प्रोत्साहन गर्दै फोहोर व्यवस्थापनको क्षेत्रमा महिलाहरूका लागि अर्थपूर्ण अवसरहरू सिर्जना गरेको छ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भन्नुभयो, "हाम्रो सहर एउटा सरल नियममा चल्छ, यहाँ प्रदुषण एकदम निषेध छ। यस कारण हामी फोहोर सङ्कलनका लागि पेट्रोल, डिजेल प्रयोग नहुने विद्युतीय गाडी खोजिरहेका थियौँ। यस्तो ईभी पाउन सकिएला त? हाम्रो सबैभन्दा ठूलो चिन्ताको विषय यहि थियो। फोटोनले हाम्रो त्यो चिन्ताको बलियो समाधान दिएको छ। साँच्चै भन्नुपर्दा, हामी अत्यन्तै खुसी छौँ।" एमएडब्लू वृद्धी कमर्शियल भेहिकल प्रा. लि.का सी.ई.ओ अनिल बरालले भन्नुभयो, "पहिलोपटक ईभीमा आधारित फोहोर व्यवस्थापनको अवधारणा सुन्दा हामी प्रभावित भएका थियौँ। र, आज यहि कुरा व्यवहारमा देख्न पाउँदा अत्यन्त खुशी लागेको छ। नेपालकै सबैभन्दा सफा सहरको रूपमा पहिचान बनाएको ललितपुर महानगरपालिकालाई सहयोग गर्न पाउँदा हामी गौरवान्वित छौँ, र हामीलाई विश्वास गर्नु भएकोमा वहाँहरूलाई हार्दिक आभार व्यक्त गर्दछौँ। फोटोनका लागि यो केवल सुरुवात मात्र हो। उन्नत विद्युतीय सवारीसाधन र देशभर विस्तार हुँदै गएको ईभी चार्जिङ पूर्वाधारहरू मार्फत् स्वच्छ र प्रदुषणमुक्त नेपाल निर्माणमा योगदान गर्न हामी सधैं प्रतिबद्ध छौँ।"

एमएडब्लू वृद्धिको देशभर १४ भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरू र १७१ भन्दा बढी CCS2 DC फास्ट चार्जिङ स्टेसनहरूको सञ्जाल रहेको छ। योसँगै फोटोनको ईभी इकोसिस्टम नगरपालिका तथा स्थानीय तहमा ठूलो स्तरमा सञ्चालन गर्न पूर्ण रूपमा सक्षम छ। ललितपुरमा सुरु भएको यो पहलले इलेक्ट्रिक कमर्सियल ईभी केवल भविष्यको सपना नभई, आजै प्रयोग गर्न सकिने व्यवहारिक उपाय भएको सशक्त उदाहरण प्रस्तुत गरेको छ।

फोटोनका कमर्सियल ईभी सोलुसन्सबारे थप जानकारी लिन इच्छुक नगरपालिका, संस्था तथा फ्लीट सञ्चालकहरूले एमएडब्लू वृद्धिसँग ९८०२३७५४२१ र ९८०२३४०६७१ मा सम्पर्क गर्न वा नजिकको फोटोन सोरुममा भ्रमण गर्न सक्नु हुनेछ। एमएडब्लू वृद्धि कमर्शियलको बारेमा एमएडब्लू वृद्धि कमर्शियल नेपालमा व्यावसायिक सवारी साधन आपूर्तिकर्ता कम्पनी हो, जसले उत्कृष्ट यातायातका साधनहरू विकास र उपलब्ध गराउने लक्ष्य राखेको छ।

यो कम्पनी फोटोन गाडीहरूको आधिकारिक वितरक हो र विश्वसनीयता तथा उच्च प्रदर्शन मार्फत ग्राहक सन्तुष्टि सुनिश्चित गर्न प्रतिबद्ध छ। देशभर विस्तार भइरहेको सोरुम तथा सेवा केन्द्रहरूको सञ्जाल मार्फत एमएडब्लू वृद्धि कमर्शियलले व्यावसायिक उद्यमहरूलाई उच्च गुणस्तरीय सवारी साधन तथा विश्वस्तरीय आफ्टर सेल्स सर्भिस प्रदान गर्दै आएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?