काठमाडौँ । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको छ।
प्रहरीको जानकारी अनुसार लाइटर बोके पश्चिमतर्फ गइरहेको ट्रकमा आगलागी भएको हो ट्रकबाट आगो पुलमा समेत सल्किएको छ।
उक्त स्थानमा ट्रकमाथि भएको आगजनीको भिडियो विभिन्न सामाजिक सञ्जालमा भाइरल भैरहकेको छ अहिले प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन् ।
घटनाबारे विस्तृत जानकारी आउन बाकी रहेको प्रहरीको भनाई छ ।


































