काठमाडौं । विभिन्न अफरहरु दिदैँ काठमाडौंमा आयोजना गरिएको ‘विन्टर एक्सचेन्ज कार्निभल २०२४’ भव्यताको साथ सम्पन्न भएको छ ।
एमजी विन्टर कार्निभल २०२४ नाम दिइएको उक्त कार्निभल यही डिसेम्बर २० देखि काठमाडौंको सिल्भर ओकमा सुरु भएको थियो भने २२ डिसेम्वरमा समापन भएको थियो ।
कार्निभलमा आयोजकले लक्जरी गाडीहरूमा अपग्रेड गर्दा १० लाखसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सकिने ब्यवस्था मिलाएको थियो । यस्तै सहभागीहरूलाई प्रिमियम सवारी साधनहरूको दायरा अन्वेषण गर्ने, अन–द–स्पट फाइनान्सिङ सुविधा, झन्झटमुक्त वित्तपोषण विकल्पहरू प्रदान गरिएका थिए ।
एमजी, माज्दा, म्याक्सस, र वुलिङजस्ता प्रमुख लक्जरी गाडी ब्रान्डहरूलाई कार्निभलले समेटेको थियो ।
कार्निभलमा सहभागीहरूले उच्चस्तरीय गाडीहरूको अनुभव लिनुका साथै विशेष अफर, प्रत्यक्ष मनोरञ्जन र रमाइलो गतिविधिहरूको मजा लिएको दाबी आयोजकले गरेको छ ।



































