National life

सडक दुर्घटना न्यूनीकरण गर्न चालक र सह-चालकले गरे सामुहिक प्रतिबद्धता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ पुस २०८०, सोमबार
506Shares
सडक दुर्घटना न्यूनीकरण गर्न चालक र सह-चालकले गरे सामुहिक प्रतिबद्धता
ncell

काठमाडौँ । लगनखेलमा यातायात मजदुरहरू भेला भएर एक जिम्मेवार यातायात मजदुर बन्ने आह्वान सहित मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउने, सवारीसाधन चलाइरहँदा मोबाइल फोनको प्रयोग नगर्ने, तीव्र गतिमा सवारीसाधन नचलाउने, राज्यले तोकेको भन्दा बढी भाडा नलिने, आफ्नो सवारीसाधनमा यात्रा गर्ने महिला, बालबालिका, वृद्ध वृद्धालाई सम्मान गर्ने, बाल श्रमको प्रयोग नगर्ने, सभ्य भाषा प्रयोग गर्ने र ट्राफिक नियमको पालना गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ललितपुर जिल्ला कमिटीले लगनखेल बसपार्कमा खुला रूपमा सडक सचेतनासम्बन्धी प्रशिक्षण कार्यक्रममा ललितपुरका दुई सय चालक, सह-चालक तथा परिचालकहरूले जिम्मेवार यातायात मजदुरका रूपमा आफूलाई विकास गर्ने प्रतिबद्धता जनाएका छन्।

देशमा प्रत्येक दिन सातदेखि आठ जनाले सडक दुर्घटनामा परेर ज्यान गुमाइरहेको, वर्षमा सडक दुर्घटनामा परेर सरदर दुई हजार आठ सय ८० जनाले ज्यान गुमाइरहेको र प्रत्येक वर्ष १४ हजार ४ सय व्यक्ति घाइते भइरहेको संगठनका अध्यक्ष भीम ज्वाला राईले अवधारणा प्रस्तुत गर्दै तथ्य प्रस्तुत गरे।

प्रत्येक १५ दिनमा २५ जना चालक सह-चालकहरूलाई ट्राफिक प्रहरी कार्यालय सात दोबाटो प्रशिक्षण हलमा भेला गराएर विज्ञ ट्राफिकबाट प्रशिक्षण दिने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका ललितपुर अध्यक्ष विनोद बुढाथोकीले बताएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

संगठनको सहकार्यमा प्रशिक्षित हुने चालक तथा सह-चालकहरूको विवरणलाई व्यवस्थित गर्दै सडक अनुशासन पालनामा सिपयुक्त चालकहरू उत्पादन गरिने ट्राफिक प्रहरी कार्यालय ललितपुरका इन्चार्ज तथा प्रहरी निरीक्षक शालिकराम तिम्सिनाले बताए।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राई लगायतका नेतृत्व, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका तर्फबाट डिएसपी सुनिलजंग शाह, ट्राफिक प्रहरी कार्यालय ललितपुरका प्रमुख शालिकराम तिम्सिना लगायतको उपस्थितिमा मजदुरहरूले प्रतिबद्धता जनाएका हुन्।

यो समाचार शेयर गर्नुहोस्
506SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?