National life

सवारी साधन ऋणमा बैंकको प्रतिस्पर्धा : चार महिनामा १ खर्ब १४ अर्ब प्रवाह, कुन बैंकको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२१ पुस २०८२, सोमबार
1.1kShares
सवारी साधन ऋणमा बैंकको प्रतिस्पर्धा : चार महिनामा १ खर्ब १४ अर्ब प्रवाह, कुन बैंकको कति ?
ncell

काठमाडौं  । चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालका वाणिज्य बैंकहरुले सवारी साधन खरिदका लागि उल्लेख्य मात्रामा कर्जा प्रवाह गरेका छन्। नेपाल राष्ट्र बैंकका तथ्यांक अनुसार कार्तिक मसान्तसम्म २० वटा वाणिज्य बैंकहरुले कुल १ खर्ब १४ अर्ब ८७ करोड १० लाख रुपैयाँ सवारी साधन कर्जा प्रदान गरेका छन्।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.८५ प्रतिशतले वृद्धि हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आवमा बैंकहरुले १ खर्ब ९ अर्ब ५५ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए। व्यक्तिगत बैंकको विवरण हेर्दा नेपाल बैंकले २ अर्ब ४१ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन गत आवको तुलनामा १९.१३ प्रतिशतले घटेको देखिन्छ।

त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले ९ अर्ब ८४ करोड ५८ लाख, नबिल बैंकले ११ अर्ब ८० करोड ४६ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब ३९ करोड ४० लाख, स्ट्याण्डर्ड चाटर्ड बैंकले १ अर्ब २९ करोड ४१ लाख, हिमालयन बैंकले ६ अर्ब ८४ करोड १६ लाख र नेपाल एसबीआई बैंकले ३ अर्ब २२ करोड ७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

यसैगरी, एभरेष्ट बैंक ७ अर्ब ७ करोड ४८ लाख, एनआईसी एशिया बैंक १ अर्ब ९२ करोड २६ लाख, माछापुच्छ्रे बैंक ३ अर्ब ४९ करोड, कुमारी बैंक ४ अर्ब १५ करोड ४४ लाख, लक्ष्मी सनराइज बैंक ३ अर्ब ५ करोड ६१ लाख र सिद्वार्थ बैंक ४ अर्ब ३८ करोड ७७ लाख रुपैयाँ कर्जा प्रवाहमा सहभागी भएका छन्।

कृषि विकास बैंकले ४ अर्ब ९९ करोड ९२ लाख, ग्लोबल आईएमई बैंकले १५ अर्ब ५४ करोड ८४ लाख, सिटिजन्स बैंकले ४ अर्ब ७३ करोड ९९ लाख, प्राइम बैंकले ६ अर्ब १ करोड ८६ लाख, एनएमबी बैंकले ६ अर्ब ६४ करोड ८८ लाख, प्रभु बैंकले ५ अर्ब २८ करोड ८२ लाख, र सानिमा बैंकले ६ अर्ब ७२ करोड ४२ लाख रुपैयाँ प्रवाह गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?