National life

सात महिनामा पौने १५ अर्बको विद्युतीय गाडी आयात, ८० प्रतिशत हिस्सा चीनको

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ फागुन २०८१, आइतबार
920Shares
सात महिनामा पौने १५ अर्बको विद्युतीय गाडी आयात, ८० प्रतिशत हिस्सा चीनको
ncell

काठमाडौँ – पछिल्लो समय नेपाली बजारमा विद्युतीय सवारीको माग बढ्दो मात्रामा रहेको छ । चालु आर्थिक वर्षको सात महिनामा पौने १५ अर्ब रुपैयाँको विद्युतीय सवारी (ईभी) नेपाल आयात भएको छ ।

साउनदेखि माघसम्मको अवधिमा १४ अर्ब ७५ करोड रुपैयाँको विद्युतीय कार, जीप र भ्यान आयात भएको भन्सार विभागले जनाएको छ । यस अवधिमा ६ हजार दुई सय ५६ वटा विद्युतीय गाडी आयात भएका हुन् ।

https://www.youtube.com/watch?v=GMwl8vyWrnI

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसबाट सरकारलाई नौ अर्ब आठ करोड ४२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ। नेपालमा विशेष गरी चीन, भारत, अमेरिका, जर्मनी र दक्षिण कोरियाबाट विद्युतीय गाडी आयात हुने गरेको छ ।

विभागको तथ्यांक अनुसार कुल विद्युतीय गाडी आयातको ८० प्रतिशत हिस्सा चीनले ओगटेको छ। चीनबाट ११ अर्ब ८७ करोड रुपैयाँ बराबरका चार हजार सात सय ६९ वटा विद्युतीय गाडी आयात भएको छ ।

त्यस्तै सात महिनाको अवधिमा भारतबाट दुई अर्ब ६९ करोड रुपैयाँको एक हजार चार सय ५९ वटा, जर्मनीबाट १४ करोड रुपैयाँको १० वटा, अमेरिकाबाट दुई करोड १४ लाख रुपैयाँभन्दा बढीको पाँच वटा तथा दक्षिण कोरियाबाट दुई करोड रुपैयाँभन्दा बढीको तीन वटा विद्युतीय गाडी आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
920SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?