National life

सिजी मोटर्सको सहकार्यमा हिरो मोटोकर्प बजारमा, नेपालमै एसेम्बली गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० वैशाख २०८१, सोमबार
1.1kShares
सिजी मोटर्सको सहकार्यमा हिरो मोटोकर्प बजारमा, नेपालमै एसेम्बली गर्ने
ncell

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने कम्पनीमध्ये एक हिरो मोटोकर्पले नेपाली बजारमा आक्रामक व्यापार योजना घोषणा गरेको छ ।हिरो मोटोकर्पले नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्ससँगको सहकार्यमा आक्रामक व्यापार योजना घोषणा गरेको हो ।

एक समारोह आयोजना गरी सीजी मोटर्सले नेपालमा एसेम्बली प्लान्टको उद्घाटन गरेको जनाएको छ। साथै, हिरो मोटोकर्पले आफ्ना चार विश्वव्यापी लोकप्रिय उत्पादनहरू - Xpulse 200 4V, Super Splendor, Splendor+ मोटरसाइकल र xoom 110 स्कुटर बजारमा ल्याएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त चारवटा उत्पादनलाई नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा अवस्थित अत्याधुनिक एसेम्बली फ्यसिलिटीमा स्थानीय रूपमै एसेम्बल गरिने कम्पनीले जनाएको छ । सो प्लान्टको क्षमता प्रति वर्ष ७५ हजार युनिट हुनेछ र यसले नवलपरासी क्षेत्रमा नयाँ लगानी ल्याउन र रोजगारीका अवसरहरू सिर्जना गर्नेछ ।

सीजी मोटर्सले बढ्दो ग्राहक संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स तथा सर्भिस सेन्टरको नेटवर्क द्रुत रूपमा विस्तार गर्दैछ । सहकार्यको बारेमा आफ्नो धारणा राख्दै, हिरो मोटोकर्पको ग्लोबल बिजनेस युनिटका चिफ बिजनेस अफिसर सञ्जय भानले भने, “नवीनता र प्रविधि आफ्नो मूल मन्त्रका साथ, हिरो मोटोकर्प विश्वभरका आफ्ना ग्राहकहरूलाई विश्वस्तरीय उत्पादनहरू र अनुभवहरू प्रदान गर्न प्रतिबद्ध छ । यस सहकार्य हिरो मोटोकर्प, सीजी मोटर्स र नेपालका लागि उत्साहजनक क्षण हो ।

यस अत्याधुनिक एसेम्बली युनिटले हाम्रा विश्वस्तरीय उत्पादनहरू अब नेपालमा नै बनाइने र देशभरका ग्राहकहरूका लागि सजिलै उपलब्ध हुने सुनिश्चित गर्नेछ । सेल्स र सर्भिस नेटवर्कको द्रुत विस्तारले हामीलाई हाम्रा विश्व स्तरीय उत्पादनहरू र सेवाहरूसँग बजार जोड्न सक्षम बनाउँछ । हाम्रा साझेदार सीजी मोटर्ससँगै नेपालमा हाम्रो नयाँ फोकसले नेपालप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ, जुन हाम्रो लागि निकै महत्त्वपूर्ण बजार हो ।”

त्यस्तै, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, “सीजी मोटर्सका लागि यो एकदमै विशेष क्षण एसेम्बली सुविधाको उद्घाटन गर्न र यी नयाँ उत्पादनहरू लन्च गर्न पाउँदा उत्साहित छौँ । हिरो मोटोकर्पको उत्पादन तथा व्यापार प्रक्रियाका विश्व स्तरीय दक्षता हाम्रो सञ्जाल विस्तार गर्नका लागि हामीलाई धेरै लाभदायक हुनेछ । अब हामी देशभर एक बलियो बजार उपस्थिति निर्माण गर्न तत्पर हुनेछौँ ।”

नयाँ एसेम्बली सुविधा नेपालको मध्यभागमा अवस्थित छ जसले गर्दा उत्पादनहरू द्रुत रूपमा देशभर उपलब्ध हुने सुनिश्चितता प्रदान गर्ने उनको भनाइ छ । साथै सेल्स तथा सर्भिस नेटवर्कको द्रुत विस्तारले सबै ग्राहक आवश्यकताहरू निर्बाध रूपमा सम्बोधन गरिएको सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । सीजी मोटर्सले काठमाडौँमा शोरुम खोलिसकेको छ भने आगामी तीन महिनाभित्र सयभन्दा बढी सेल्स तथा सर्भिस आउटलेटहरू खोल्ने सिजी मोटर्सले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?