काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले १२ः१२ एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ ।
डिसेम्बर १२, १३, र १४ तारिकसम्म सञ्चालन हुने यस क्याम्पमा जुनसुकै ब्राण्डका पुराना गाडीलाई डाउनपेमेन्ट राखेर नयाँ टियागो इभी र पन्च इभी लगायतका अत्याधुनिक प्रविधियुक्त गाडीहरूमा साट्न सकिने कम्पनीले जनाएको छ ।
देशभर रहेका टाटा मोटर्सका शोरुमहरूमा आयोजना हुने यस कार्यक्रममार्फत ग्राहकहरूले टियागो इभी र पन्च इभीमा आकर्षक डिलहरू प्राप्त गर्न सक्नेछन् ।
सिप्रदी ट्रेडिङका अनुसार, गाडी खरिद गर्ने ग्राहकहरूलाई एक्सचेन्ज बोनस, लाइफ टाइम निःशुल्क चार्जिङ सुविधा, १ वर्षका सवारी कर, एक्सेसरिज, र बम्पर लक्की ड्रमा आइफोन १६ प्रो जित्ने अवसर प्रदान गरिनेछ ।
यस्तै नयाँ गाडी खरिद गरी विशेष सुविधा र अफरहरूको फाइदा लिन पनि ग्राहकहरूलाई कम्पनीले अनुरोध गरेको छ ।


































