काठमाडौँ। विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाको मोडल थ्रीको २०२४ भर्सन नेपाली बजारमा सार्वजनिक भएको छ । अरेट इन्टरनेशलले उक्त गाडी नेपालमा भित्र्याएको हो ।
पहिलो पटक ठुलो र उत्कृष्ट परिमार्जन सहित बजारमा ल्याएको यो मोडल थ्री लग्जरी इलेक्ट्रिक कार वर्गमा सर्वोत्कृष्ट स्थानमा पर्दछ । अन्तर्राष्ट्रिय बजारमा केही समय अगाडि मात्रै आएको गाडी सार्वजनिक भएको थियो ।
विश्वविख्यात सवारी साधन निर्माता कम्पनी टेस्ला मोडल थ्री विश्व बजारमा सर्वाधिक बिक्री हुने मध्येको एक मोडल हो । त्यसमा पनि ठुलो परिमार्जनसहित नेपाल आएको यो नयाँ कार मोडल थ्री को रिफ्रेस्ड भर्सन हो ।
फराकिलो ३६० डिग्री को दृश्य देखिन सक्ने मूनरुफ, नयाँ डिजाइनको एम्बीयन्ट लाइट, भेगन सिट, फ्यूचरिष्टीक बडी डिजाइन, भरपुर सुरक्षा फिचर, बाहिरी अनावश्यक साउन्ड प्रुफ क्याबिनको कारण यस नयाँ मोडल थ्रीले विश्वभर चर्चा पाउन सफल भएको छ।
पहिलो पटक कूलिङसहितको भेन्तिलेतेद सिट रहेको यस भर्सनमा प्रयोग गरिएको सिट म्याटेरिएल पनि पूर्णरुपमा क्याक्टस बाट निर्मित, दाग प्रतिरोधी (स्टेनलेस) लेडर हो। एरो डाइनमिक र वाटर सिंक प्रुफ सहितको विशेषता रहेको यस कार, सुरक्षामा अन्तर्राष्ट्रिय (एन एच टी सी ए) बाट ५ स्टार को रेटिङ प्राप्त गरेको छ ।
कालो सेतो र काठको कलरबाट सजिएको भित्री भागमा स्लीम डिजाइनमा बनेको ड्यासबोर्ड यसमा पाउन सकिन्छ । ड्यासबोर्डमा दिइएको १५.४ इन्चको इन्फर्मेशन डिस्प्लेबाटै कारको हरेक कुरा नियन्त्रण गर्न सक्ने कम्पनीले जनाएको छ ।
पछाडि बस्ने प्यासेन्जरको लागिसमेत छुट्टै ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम यस मोडलमा पाउन सकिन्छ। सबै लाइट एलइडी रहेको कारमा १९ इन्चको अलोय ह्वील दिइएको छ । यो कार रातो, कालो, निलो, सेतो र खरानी कलरमा उपलब्ध रहने छ । एडास फिचरमा पर्ने सम्पूर्ण सुरक्षा फिचर यसमा दिइएको छ ।
अन्तर्राष्ट्रिय बजारमा ४० देखि ५५ हजार अमेरिकी डलर पर्ने यो गाडी नेपाली बजारमा १ करोड ३५ लाख रुपैयाँमा बिक्री वितरण गरिने अरेट इन्टरनेशलको भनाई छ ।


































