काठमाडौँ । हिमालयन एयरलाइन्सले काठमाडौँ–सांघाई उडान सेवा सुरु गरेको छ । चीनको ठूलो सहर सांघाईमा शनिवारदेखि नियमित उडान प्रारम्भ गरेको एयरलाइन्सले जनाएको छ ।
पहिलो आउटबाउन्ड उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ः५० मा सांघाईको लागि प्रस्थान गरेको हो। करिब ४ घण्टा ७ मिनेटको उडान अवधि रहने बताइएको पहिलो उडानमा कूल यात्रु सङ्ख्या एक सय अठतिस रहेको एयरलाइन्सले जनएको छ।
डिसेम्बर २ पछि सुरुमा हरेक शनिवार मात्र उडान सेवा सञ्चालन गर्ने योजना रहे पनि डिसेम्बर २०, २०२३ देखि हरेक बुधबार र शनिवार गरी हप्तामा दुई पटक उडान सेवा बिस्तार गर्ने एअरलाइन्सको योजना रहेको छ ।
यस उडान सेवासँगै नेपाल र चीनबिच हिमालय एअरलाइन्सको यो तेस्रो सिधा उडान सेवा हुनेछ । एअरलाइन्सले यस अघि नै बेइजिङ र छिन्ताओमा नियमित रूपमा उडान सेवा सञ्चालन गर्दै आएको छ ।
उक्त उद्घाटन कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी र नेपालका लागि चिनियाँ आर्थिक तथा वाणिज्य कन्सुलर सी यु को प्रमुख आतिथ्ययतामा सम्पन्न भएको थियो ।


































