National life
cg eloctronics

हेटौंडामा “Experience Toyota” टेस्ट ड्राइभ तथा एक्सचेञ्ज कार्यक्रम

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|११ चैत २०८२, बुधबार
1.4kShares
हेटौंडामा “Experience Toyota” टेस्ट ड्राइभ तथा एक्सचेञ्ज कार्यक्रम
muktinatha bikash bank

काठमाडौं। नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. ले चैत्र १२, १३ र १४ गते हेटौंडाको मेन रोडस्थित Coffee Bar मा “Experience Toyota” कार्यक्रम आयोजना गर्ने भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

हेटौंडा क्षेत्रका ग्राहकहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रममार्फत ग्राहकहरूले टोयोटाका विभिन्न मोडेलका गाडीहरू प्रत्यक्ष अवलोकन गर्नुका साथै टेस्ट ड्राइभ गरी अनुभव गर्न सक्नेछन्। साथै, हरेक गाडी खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसेसरिज, फ्री इन्सुरेन्स , बैंकिङ सुविधा, रोड ट्याक्स तथा विभिन्न आकर्षक उपहारहरू समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ।

कार्यक्रम अवधिभर ग्राहकहरूले टोयोटाका गाडीहरूको टेस्ट ड्राइभ गर्दा आकर्षक उपहार प्राप्त गर्नुका साथै युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.ले प्रदान गर्दै आएका विभिन्न सेवा तथा सुविधाबारे पनि जानकारी पाउनेछन्।

everest bank

युटिएसले हेटौंडा तथा आसपासका सम्पूर्ण ग्राहक तथा सम्भावित खरिदकर्ताहरूलाई कार्यक्रममा उपस्थित भई टोयोटाका गाडीहरूको टेस्ट ड्राइभ अनुभव गर्न हार्दिक निमन्त्रणा समेत गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?