National life

१० दिनदेखि हवाई उडान ठप्प भएपनि पर्यटक समस्यामा छैनन् : लुक्ला विमानस्थल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ असार २०८१, मङ्गलबार
478Shares
१० दिनदेखि हवाई उडान ठप्प भएपनि पर्यटक समस्यामा छैनन् : लुक्ला विमानस्थल
ncell

काठमाडौँ । सोलुखुम्बु जिल्लाको लुक्लामा रहेको तेन्जिङ हिलारी विमानस्थल मौसम प्रतिकूलताका कारण  गत जेठ २६ गतेदेखि उडान अवरुद्ध भएको छ ।

हवाई उडान ठप्प हुँदा आन्तरिक तथा बाह्य पर्यटक मर्कामा परेको विमानस्थलले जनाएको छ ।  गत जेठ २६ गतेदेखि मौसममा आएको खराबीको कारण कुनैपनी उडान गर्न नसकेको र त्यसको प्रत्यक्ष असर पर्यटकमा पर्न गएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

'' ठूला जहाज उडाउनका लागि कम्तीमा ५ किलोमिटर भिजिबिलिटी चाहिन्छ, तर अहिलेको यहाँको भिजिबिलिटी ५सय भन्दा कम छ, यसलाई त लगभग नील (शून्य) नै भन्दापनी हुन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बाक्लो हुस्सुको कारण यो अवस्था सृजना भएको हो, अहिलेको अवस्थामा सफा मौषम कुर्नको कुनै विकल्प छैनु'' । विमानस्थलका ट्राफिक कन्ट्रोलर विवश दाहालले आर्थिक भ्वाईसलाई जानकारी दिए ।

दाहालले भने 'अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा जहाज र हेलिकप्टरले उडान भर्न सकेको छैन, हिजोसम्म सुर्केसम्म हेलिकप्टर आवतजावत गरेको अवस्था थियो आजबाट त्यो पनि सञ्चालन हुने अवस्था छैन किनकि मौषम थप बिग्रिएको छ।'  लुक्ला भन्दा तल करिब चार घण्टाको पैदल दूरीमा पर्ने थाम डाँडासम्म गाडी पुग्ने गर्छ । यस कतिपय पर्यटक तीनदेखि चार घण्टाको पैदल हिँडेर थाम डाँडा झरेर त्यहाँबाट गाडीमार्फत सदरमुकाम सल्लेरी हुँदै काठमाडौँ फर्कने गरेका छन् । उनले थपे

लुक्लामा यो समय लगभग पर्यटकका लागि अन्तिम-अन्तिम जस्तै समय हो यहाँबाट जुन महिनाको १,२ गते नै पर्यटकहरू बाहिरी सकेका हुन्छन् त्यसो त धेरै पर्यटक अलपत्र परेको भन्ने चाहिँ होइन सीमित मात्रामा छन् उनीहरूलाई पनि विभिन्न वैकल्पिक बाटो प्रयोग गरेर फर्किन समस्या छैन । बरु समस्या त यहाँ जति लामो समय विमान पार्किङ गर्‍यो त्यति नै बढी चार्ज लाग्ने हो त्यसकारण त्यस हिसाबले दैनिक हुन आउने खर्च बढ्दै जान्छ, आम्दानी घट्दै जान्छ ट्राफिक कन्ट्रोलर दाहालले भने ।

यो समाचार शेयर गर्नुहोस्
478SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?