National life
cg eloctronics

५० प्रतिशतले बढ्यो पेट्रोल कारको माग , इभीको आयातमा गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०८ वैशाख २०८३, मङ्गलबार
1.5kShares
५० प्रतिशतले बढ्यो पेट्रोल कारको माग , इभीको आयातमा गिरावट
muktinatha bikash bank

काठमाडौं। विद्युतीय सवारी साधन (ईभी)को आयातमा चालू आर्थिक वर्षमा गिरावट देखिएको छ। आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा विद्युतीय कारको आयात अघिल्लो वर्षको तुलनामा झन्डै १० प्रतिशतले घटेको हो।

भन्सार विभागको तथ्याङ्क अनुसार गत वर्षको चैत मसान्तसम्म ७ हजार ९६७ युनिट विद्युतीय कार भित्रिएकोमा यस वर्ष घटेर ७ हजार १७३ युनिटमा सीमित भएको छ। भन्सार विभागका अनुसार नौ महिनाको अवधिमा कुल १६ अर्ब ६६ करोड रुपैयाँ बराबरका विद्युतीय कार नेपाल भित्रिएका छन्। यसबाट सरकारले १० अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

आयातित गाडीहरूमध्ये ५१ देखि १०० किलोवाट क्षमताका गाडीहरूको संख्या सबैभन्दा धेरै अर्थात् ४ हजार ८३ युनिट रहेको छ।

त्यस्तै, ५० किलोवाटसम्मका २ हजार ५०६ युनिट, १०१ देखि २०० किलोवाटसम्मका ५ सय ७४ युनिट र २०१ किलोवाट माथिका ८ युनिट विद्युतीय कार भित्रिएका छन्। विद्युतीय गाडीको आयात घटिरहँदा पेट्रोलियम पदार्थबाट चल्ने कारको आयातमा भने उल्लेख्य वृद्धि भएको छ। नौ महिनाको अवधिमा ४ हजार १४० युनिट पेट्रोल कार आयात भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ५०.९९ प्रतिशतले बढी हो।

everest bank

गत वर्ष चैतसम्म जम्मा २ हजार ७४२ युनिट पेट्रोल कार मात्र भित्रिएको थियो। बजारमा इन्धनबाट चल्ने गाडीको माग एक्कासि बढेपछि आयातमा यस्तो उछाल आएको हो। मुलुकमा एकातिर इन्धन संकटको जोखिम चुलिँदै जाने र अर्कोतिर विद्युतीय गाडीको सट्टा इन्धन खपत गर्ने गाडीको संख्या बढ्नुले अर्थतन्त्रमा नयाँ चुनौती थपिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?