उन्नत प्रविधि र आधुनिक डिजाइनका लागि विश्वव्यापी रूपमा परिचित इभी ब्रान्ड, AION ले विश्व इभी बजारमा निरन्तर नयाँ मापदण्डहरू स्थापना गर्दै आएको छ। एसिया, युरोप र मध्य पूर्वमा आफ्नो बढ्दो उपस्थितिका साथ, AION निकै प्रचलित बनेको छ।
नेपालमा सीजी मोटर्सले आधिकारिक विक्रेता को रुपमा नेपाली ग्राहकहरूलाई AION V र AION Y जस्ता प्रिमियम इलेक्ट्रिक एसयूभीहरू प्रस्तुत गर्दै आएको छ। भविष्यमुखी डिजाइन, फराकिलो इन्टेरियर र उन्नत सुविधाहरूका साथै AION V सुरक्षामा पनि उत्कृष्ट छ। AION V ले हालै यूरो NCAP टेस्ट २०२५ मा ५-स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ, जुन अटोमोबाइलहरूको लागि विश्वको सबैभन्दा सम्मानित सुरक्षा मूल्यांकनहरू मध्ये एक हो।
AION V मा उन्नत बडी स्ट्रक्चर, मल्टी-सेन्सर कोलिजन डिटेक्सन, र एआई-संचालित ड्राइभर असिस्टेन्स टेक्नोलोजी जस्ता विशेषताहरू छन्, जसले चालकहरूलाई हरेक यात्रामा आत्मविश्वास र आराम प्रदान गर्दछ।
विस्तारित शोरूम, सर्भिस सेन्टर, र ग्राहक सेवा सुविधाहरूका साथ AION र सीजी मोटर्स नेपाललाई एक स्वच्छ, स्मार्ट र सुरक्षित मोबिलिटीको भविष्यतर्फ अघि बढाउन मद्दत गर्न प्रतिबद्ध छन्।


































