National life

बाढीपीडितका लागि बीवाईडी र साइमेक्सले प्रधानमन्त्री उद्धार कोषमा ७ करोड दिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२३ दिन अगाडि|११ भदौ २०८३, बिहिबार
1.2kShares
बाढीपीडितका लागि बीवाईडी र साइमेक्सले प्रधानमन्त्री उद्धार कोषमा ७ करोड दिने
ncell

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवालगायत क्षेत्रमा राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि बीवाईडी र नेपालका आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ७ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

कम्पनीहरूले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएका छन्। सरकारको आधिकारिक संयन्त्रमार्फत रकम परिचालन गरी बाढी प्रभावित क्षेत्रमा उद्धार, उपचार, राहत, पुनर्स्थापना तथा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा खर्च गरिने बताइएको छ।

बीवाईडी र साइमेक्सले विपद्बाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोगको निर्णय गरिएको बताएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सहयोगले प्रभावित परिवारलाई सामान्य अवस्थामा फर्किन तथा स्थानीय पूर्वाधार पुनर्निर्माणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

हालै आएको बाढीबाट रसुवा जिल्लामा ठूलो जनधनको क्षति भएको छ। नेपाल–चीन व्यापारका लागि महत्वपूर्ण नाका रहेको रसुवा बीवाईडीका विद्युतीय सवारीसाधन नेपाल भित्रिने प्रमुख मार्गसमेत भएकाले यस क्षेत्रसँग कम्पनीको विशेष सम्बन्ध रहेको जनाइएको छ।

बीवाईडी समूहका उपाध्यक्ष तथा एसिया प्रशान्त अटो बिक्री विभागका महाप्रबन्धक लिउ स्युएलियाङले बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवार तथा उद्धारमा खटिएका सबैप्रति सहानुभूति प्रकट गरेका छन्।

उनले साइमेक्ससँगको सहकार्यमा गरिएको सहयोगले सरकारको राहत तथा पुनर्स्थापना अभियानमा केही योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। सामूहिक प्रयास र एकताबाट प्रभावित समुदायलाई पुनः बलियो रूपमा उभिन सहयोग पुग्ने उनको भनाइ छ।

साइमेक्सले पनि विपद्को कठिन समयमा प्रभावित समुदायसँग उभिनु आफ्नो सामाजिक जिम्मेवारी भएको जनाएको छ। बीवाईडीसँगको सहकार्यमा नेपालमा विद्युतीय यातायातको विस्तारसँगै सामाजिक क्षेत्रमा समेत सहकार्य गर्दै आएको कम्पनीले बताएको छ।

बीवाईडी र साइमेक्सले प्रभावित परिवार तथा समुदायको शीघ्र पुनःउत्थानका लागि राहत, पुनर्स्थापना र पुनर्निर्माणका प्रयासमा निरन्तर सहयोगको महत्वमा जोड दिएका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?